
मध्यपुरठिमी– भक्तपुरको सूयविनायक नगरपालिका वडा नं ७ गुण्डुमा हालै निर्माण गरिएको माता पाथीभरा मन्दिर क्षेत्रमा द्धारकापुरी दिव्यधाम निर्माण गरिने भएको छ।
सूयविनायक क्षेत्रलाई धार्मिक पर्यटन विकास गर्नका लागि द्वारकापुरी दिव्यधाम निर्माण गर्न लागिएको मन्दिर मूल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बस्नेतले जानकारी दिए। यस क्षेत्रमा सत्सङ्ग हल, गुरूकुल, यज्ञशाला, पाठशाला, गौशाला, धर्मशाला, प्रतिक्षालय, द्वारका कुण्ड र मन्दिर प्रवेशको आकर्षक द्वार र सबै गोत्रका ऋषिका प्रतिमा स्थापना गर्ने गरी गुरुयोजना बनाइएको उनले बताए।
मन्दिर मूल व्यवस्थापन समितिका संरक्षक एवं १०८ भागवत वाचक अरबिन्द्र शास्त्रीले पाथीभराको मन्दिर निर्माण भएपछि अहिले हरेक दिन दुईदेखि तीन सय धार्मिक पर्यटकले मन्दिरको दर्शन गर्न थालेका बताएका छन्।
गत असोज १२ देखि २१ गतेसम्म सोही क्षेत्रमा लगाइएको शतचण्डी ज्ञान महायज्ञ गरी पाथीभार वैष्णोदेवीको मन्दिर स्थापना गरिएको बताउँदै उनले उक्त महायज्ञबाट रु १४ लाख ७४ हजार २८ आम्दानी भएको जानकारी दिए। गौ संरक्षक केन्द्रका अध्यक्ष नारायणप्रसाद न्यौपानेले मन्दिर क्षेत्रमा द्वारकापुरी दिव्यधाम निर्माण गर्न गौ संरक्षण केन्द्रले सहयोग गर्ने बताए। रासस


लोकप्रिय

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?
२०७६, २९ मंसिर आईतवार १९:०८

कमजाेर हड्डीहरू बलियाे बनाउने सजिलाे उपाय
२०७६, २७ मंसिर शुक्रबार १८:५२

उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’
२०७६, २८ मंसिर शनिबार १६:४५

‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी’ द्धारा ५ प्रतिभालाई सम्मान
२०७६, २७ मंसिर शुक्रबार १८:५०

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १० लाख सहयोग
२०७६, २८ मंसिर शनिबार १३:४६

मन्त्री अर्यालद्वारा धनोदय बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन
२०७६, २८ मंसिर शनिबार १७:१६

पीपीएलको ट्रफी सार्वजनिक, खेल आइतबारबाट शुरु हुने
२०७६, २७ मंसिर शुक्रबार १७:५५

गजल
२०७६, २७ मंसिर शुक्रबार १३:३१

शिक्षा नीतिः परामर्श व्यवसायी निरास, अभिभावक चिन्तित, विद्यार्थी मर्कामा
२०७६, २९ मंसिर आईतवार १३:३६

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा
२०७६, २८ मंसिर शनिबार १६:३०

सबैभन्दा सस्तो टीभीएसको बाइक ‘एक्सएल १००’, नेपाली बजारमा
२०७६, २७ मंसिर शुक्रबार १५:१४

एप्पलकाे आईओएस १३.३ को अपडेट भर्जन सार्वजनिक
२०७६, २९ मंसिर आईतवार १७:४७

सुक्यो संसारकै सबैभन्दा फराकिलो झरना
२०७६, २७ मंसिर शुक्रबार १४:४८

शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैनः महासचिव पौडेल
२०७६, २७ मंसिर शुक्रबार १६:४६

‘काठमाडौं टु इलाम’ : एक अविस्मरणिय यात्रा
२०७६, २९ मंसिर आईतवार १५:१८
