खोटाङ, १५ माघ – विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी ढुङ्गानालाई आर्थिक सहयोग जुट्न थालेको छ। नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले खटाएको कार्यक्षेत्रमा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाएका उनकोे बिचल्ली भएको समाचार विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि सहयोग रकम जुट्न थालेको हो।

ढुङ्गानाका लागि युट्युब सञ्चालक शिशिर भण्डारीको पहलमा गलकोट समाज जापानबाट सङ्कलित रु. ४ लाख, हङकङमा रहेका माल्बुल प्रेमी र साथीबाट सङ्कलित रु. ४५ हजार, काठमाडौँका लीला घिमिरेको पहलमा कर्मचारीलगायत अन्य व्यक्तिबाट सङ्कलित रु. ६१ हजार ७ सय र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले पनि रु. ५० हजार परिवारलाई प्रदान गरेको आफन्त झमप्रसाद आचार्यले बताए।

११ केभी क्षमताको विद्युत् लाइन मर्मत गर्ने क्रममा विसं २०७० चैत १६ गते ३७ वर्षीय हरिकाजी करेन्ट लागेर अपाङ्ग भएपछि आश्रित बुवाआमा र बालबच्चाको बिचल्ली भएको थियो। हरिकाजीका हातगोडा फालिएपछि उनकाे कामाइमा आश्रित सबै परिवार सहाराविहीन बनेकाे समाचार सार्वजनिक भएको थियो।

अहिले उनीहरूको घरमा चुल्हो बाल्नसमेत धौधौ परेको छिमेकीहरू बताउँछन्। हरिकाजीको उपचारका क्रममा लिइएको ऋण फिर्ता माग्नेहरू अहिले दैनिकजसो घरमा आउने गरेको श्रीमती सीता ढुङ्गानाले बताएकी छन्। उनको उपचारको क्रममा अहिलेसम्म रु. ३७ लाखभन्दा बढी खर्च भएकामा विद्युत् प्राधिकरणले रु. २६ लाख उपलब्ध गराएको थियो। करेन्ट लागेर बेहोस बनेका हरिकाजीलाई उद्धारपछि उपचारका लागि तत्कालै काठमाडौँ लगिएको थियो।

काठमाडौँको बीएण्डबी अस्पतालमा उपचार गराइएको उनकोे सन्त माथेमासहितका चिकित्सकले दुवै हात र एउटा दाहिने खुट्टा काटेर फालेका थिए। दुर्घटनाको समयमा श्रीमतीको पेटमा भएको छोरा अहिले साढे ३ वर्ष पुगेको छ भने पहिलो छोरी ११ वर्षकी छन्। बुवाआमा दुवै ८५ वर्ष नाघेका हरिकाजीका सम्पत्तिको नाममा केही पाखो बारी मात्र छ।

उनलाई सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंक ललितपुर शाखाको ११२००२१९७३१० नं.को बचत खाता उपलब्ध गराइएको छ।

दुवै मिर्गौला रोगी झलकमानको उपचार गर्न आर्थिक सहयोगको याचना

दुवै मिर्गौला काम नलाग्ने भएपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका झलकमान तामाङले उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन्। जीवन मरणको दोसाँधमा पुगेका ३३ वर्षीय उनले अस्पतालको शय्याबाटै सो याचना गरेको हो। डायलायसिसमा बसेका बिरामीले विशेष औषधि (इपिओ), अस्पताल आवतजावत, अन्य औषधिमा धेरै खर्च लाग्ने आर्थिक अवस्था नाजुकु भएकाले ‘झलकमान बचाउ अभियान’ मार्फत सहयोगका लागि आग्रह गरिएको हो।

लामो समयदेखि बिरामी परेका उनको मिर्गौला डायलासिस गराउँदा दुई पटकमा रु. ६ हजार खर्च हुने गरेको छ। कमाइ गर्ने मान्छे झलकमान आफैँ ओछ्यान परेपछि श्रीमतीसहित छोराछोरीको विचल्ली भएको आफन्तले बताएका छन्। आफ्नै कमाइमा परिवार पाल्नुपर्ने झलकमानको श्रीमतीको टाउकामा नशासम्बन्धी समस्या भएकाले नियमित औषधि सेवन गरिरहनुपर्ने उनकी बहिनी प्रतिमा तामाङले बताइन्।

विशेषज्ञका अनुसार झलकमानलाई डायलासिस गराउन मासिक रू. ३५ हजारसम्म खर्च लाग्नेछ भने नेपालमै मिर्गौला प्रत्यारोपण गर्दा रु. ५ लाख र भारतका ठूला अस्पतालमा प्रत्यारोपण गरेमा सोभन्दा बढी खर्च लाग्न सक्छ।

डायलासिस तथा प्रत्यारोपण गर्न सहयोग पुर्याई झलकमानको जीवन जोगाउन सबैको सहयोगको अपेक्षा गरिएको परिवारले जनाएको छ। उनलाई सहयोग गर्न चाहनेले ९८०८४६०६१७ र ९८६०२०९८०९ मा सम्पर्क गरेर वा प्रभु बैंकमा खोलिएको बैंक खाता नं. ०४२०१००११८९८६१०००००१ मा जम्मा गर्न सक्नेछन्।

झलकमानको उपचारका लागि अहिले देशविदेशमा रहेका आफन्तसँग सहयोग रकम सङ्कलन गर्न थालिएकामा मलेसियाबाट रु. ५२ हजार ४ सय ४३ र मलेसियामा रहेका खार्मी साब्रुका रञ्जित गुरुङको पहलमा विभिन्न जिल्लाका ३५ भन्दा बढी दाताबाट रु. ५२ हजार सङ्कलन भई प्राप्त भएको बिरामीका आफन्त सुवास तामाङले बताए। कतारमा पनि सहयोग रकम सङ्कलन हुन थालेको आफन्तले बताएका छन् ।(रासस)

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

२०७६, २९ आश्विन बुधबार २०:३४

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

२०७६, २९ आश्विन बुधबार २०:२५

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

२०७६, २९ आश्विन बुधबार १९:२१

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

२०७६, २९ आश्विन बुधबार १५:५३

पशुपतिनाथमा करिब ४५ किलो सुन !

पशुपतिनाथमा करिब ४५ किलो सुन !

२०७६, २९ आश्विन बुधबार ०७:०१

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

२०७६, ३० आश्विन बिहीबार १२:५६

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

१३ हजार घुससहित असइ पक्राउ

१३ हजार घुससहित असइ पक्राउ

२०७६, ३० आश्विन बिहीबार १५:५८