वीरगञ्ज– विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढीमाई नगरपालिका–१ बरियारपुरमा रहेको ऐतिहासिक तथा प्राचीन गढीमाई मेला विधिवतरूपमा शुरु भएको छ। मङ्सिर १ गतेदेखि शुरु भएको सो प्राचीन मेला एक महिनासम्म चल्ने गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ।

प्रत्येक पाँच वर्षमा लाग्ने सो धार्मिक मेला भर्न भारतलगायत अन्य मुलुकबाट पर्यटकहरु आउने गरेको र राँगा, खसीबोका बली हेर्न पर्यटक आउने गरेका छन्। गढीमाई मेलाको मुख्य आकर्षण भनेको बलि नै रहेको र यहाँ भाकल गर्ने र भाकल पूरा भएपछि बलि दिन आउनेहरुको सङ्ख्या अहिलेदेखि नै बढ्दै आएको पञ्चवर्षीय मेला मूल समितिले जनाएको छ।

मङ्सिर १७ गते बोका तथा १८ गते राँगाको बलि दिइने साइत जुरे पनि अहिलेदेखि नै सो ठाउँमा भक्तजन तथा व्यापारीहरु आउने क्रम शुरु भएको छ भने मेलाभरि तीन किलोमिटर टाढा सवारी साधन पार्किङको व्यवस्था गरिएको वडाध्यक्ष सुदामा साह कानुले बताएका छन्।

विश्वमा सबभन्दा बढी पशुबलि दिने भएपछि सर्वोच्च अदालतले बलि प्रथालाई निरुत्साहित गर्न सरोकारवालालाई आदेश दिएपछि यो प्रथालाई रोक्न खोज्दा गढीमाई मेलाको मुख्य विशेषता नै हराएर जाने भए पछि यस प्रथालाई हटाउन विस्तारै–विस्तारै जनचेतना फैलाउँदै जाने गढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवको भनाइ छ।

मेलामा दर्शनार्थीलाई प्रवेश गर्न कलैया, कवही, सिम्रौनगढ, मटिअर्वा र बरियारपुर गरी पाँच प्रवेशद्वार राखिनुका साथै मेला क्षेत्रमा सुरक्षा चुनौतीलाई चुस्त र दुरुस्त पार्न मेला परिसरमा करीब ८० सिसीटिभी क्यामेरा जडान गरिने गढीमाई मन्दिर व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष रामचन्द्र साहले बताएका छन्।

मेलालाई व्यवस्थित बनाउन कलैया, मझरिया, मधवन, गञ्जभवानीपुर, मलहनी, विजलपुर, अर्नाहालगायतका गाउँका १० हजारभन्दा बढी क्षेत्रफलमा १० हजार जति स्टल रहनेछन्। पञ्चवर्षीय मेला मूल समितिले व्यापार गर्ने व्यापारीसँग प्रतिफिट रु तीन हजारको दरले रकम लिएर स्टल राख्न दिने गरेको छ।

देशविदेशबाट मेला भर्न आउने सर्वसाधारण पर्यटकका लागि ६०० भन्दा बढी शौचालय राखिने र ठाउँठाउँमा धर्मावलम्बीहरुका लागि विश्रामस्थल राखिनेछ। यसैगरी गढीमाईमा आउने पशुहरु स्वस्थ छ वा छैन भनी जाँच गर्नका लागि पशु क्वारेन्टाइन कार्यालय वीरगञ्जले बाराको कलवाको मधवनचोक, भुरहाचाक, इन्र्वाचोक, बरियारपुर, भवानीपुर तथा गढीमाई स्कूलमा अस्थायी पशुसेवा तथा उपचार पोष्ट राखिएको प्रमुख डा हरेराम यादवले बताएका छन्।

विसं २०५२ मा चढाउन आएको खसी, बोकामा पिपिआर रोग देखापरेकाले सो सेवा सञ्चालन गरिएको बताइएको छ। कार्यालयले पशुबलि दिने ठाउँमा सङ्क्रमण नहोस् भनेर त्यसका पनि व्यवस्था गरिएको छ। पञ्चवर्षीय मेला मूल समितिले टाढा–टाढाबाट आउने भक्तजनहरुले बलि दिने चौपाया खरीद गर्न नसकेमा सो बराबरको रकम चढाउनसमेत व्यवस्था गरिएको छ। मेलामा मुख्यरूपमा राँगा, खसी, बोका र परेवा चढाउने परम्परा रहेको छ। (रासस)

लोकप्रिय

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, २९ मंसिर आईतवार १९:०८

उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’

उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’

२०७६, २८ मंसिर शनिबार १६:४५

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १० लाख सहयोग

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १० लाख सहयोग

२०७६, २८ मंसिर शनिबार १३:४६

मन्त्री अर्यालद्वारा धनोदय बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन

मन्त्री अर्यालद्वारा धनोदय बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन

२०७६, २८ मंसिर शनिबार १७:१६

शिक्षा नीतिः परामर्श व्यवसायी निरास, अभिभावक चिन्तित, विद्यार्थी मर्कामा

शिक्षा नीतिः परामर्श व्यवसायी निरास, अभिभावक चिन्तित, विद्यार्थी मर्कामा

२०७६, २९ मंसिर आईतवार १३:३६

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा

२०७६, २८ मंसिर शनिबार १६:३०

एप्पलकाे आईओएस १३.३ को अपडेट भर्जन सार्वजनिक

एप्पलकाे आईओएस १३.३ को अपडेट भर्जन सार्वजनिक

२०७६, २९ मंसिर आईतवार १७:४७

‘काठमाडौं टु इलाम’ : एक अविस्मरणिय यात्रा

‘काठमाडौं टु इलाम’ : एक अविस्मरणिय यात्रा

२०७६, २९ मंसिर आईतवार १५:१८

आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति

आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति

२०७६, २९ मंसिर आईतवार १७:१२

सडकमाः पैदलयात्री लापरवाह

सडकमाः पैदलयात्री लापरवाह

२०७६, २९ मंसिर आईतवार १५:३०

नेयमारको डिमाण्ड ३.५ मिलियन युरो, फर्किएलान् त बार्सिलोना ?

नेयमारको डिमाण्ड ३.५ मिलियन युरो, फर्किएलान् त बार्सिलोना ?

२०७६, २८ मंसिर शनिबार ०७:५२

धनुषा बम विस्फोट काण्डः विप्लवका तीन नेता पक्राउ

धनुषा बम विस्फोट काण्डः विप्लवका तीन नेता पक्राउ

२०७६, २८ मंसिर शनिबार १४:०३

कम्मर र पेटको बोसो घटाउने सजिलाे उपाय

कम्मर र पेटको बोसो घटाउने सजिलाे उपाय

२०७६, २९ मंसिर आईतवार ११:४८

मानव तस्करीमा परेकाको ‘जिन्दगीको उडान’

मानव तस्करीमा परेकाको ‘जिन्दगीको उडान’

२०७६, २९ मंसिर आईतवार १६:०६

गुणस्तर विकास गर्न विद्युतकाे नयाँ फिडर थपियो

गुणस्तर विकास गर्न विद्युतकाे नयाँ फिडर थपियो

२०७६, २८ मंसिर शनिबार १३:३७