बुटवल, १५ माघ –रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रमा बन्ने घरहरूका लागि कलर कोड निर्धारण गरेको छ। यसअघि सिक्सलेन सडक आसपासमा बन्ने घरहरूका लागि निर्धारण गरिएको कलर कोडलाई नगर कार्यपालिकाको बैठकले सबै क्षेत्रमा कार्यान्वयन गर्ने निर्णय गरेको हो।

नगरभित्रका सबै भवनमा एकरूपता कायम गरी शहरी सौन्दर्य बढाउन सबै घरमा एउटै रङ लगाउने निर्णय गरिएको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए। यो निर्णयसँगै नयाँ बन्ने भवनमा अब नगरपालिकाले तोकेको रङ लगाएपछि मात्र नक्सापास हुनेछ।

नगरपालिकाले तोकेको रङ भवनको बाहिरी भागका लागि मात्र हो। घरभित्रको रङ लगाउन भने घरधनी स्वतन्त्र रहनेछन्। सबै घरमा लगाइने एउटै रङले नगर आकर्षक बनाउने नगरपालिकाको जनाएको छ।नगरपालिकाले ‘लाइट बिस्कुट’ र ‘कपर’लाई कलर कोड निर्धारण गरेको छ। घरको मुख्य भागमा ‘लाइट बिस्कुट’ र अन्यमा कपर कलर कोड प्रयोग गर्नुपर्नेछ।

सिक्सलेन सडकमा बनेका नयाँ भवनहरूमा तोकिएको कलर कोड कार्यान्वयन भइसकेका छन्। नयाँ बन्ने बाहेकका अन्य घरहरूले पुनः रङ लगाउँदा कलर कोड प्रयोग गर्नुपर्नेछ। नगरपालिकाले पुराना घरहरूलाई तोकिएको कलर कोड प्रयोग गर्न प्रोत्साहन हुने गरी कुनै नयाँ योजना ल्याउन सकिन्छ कि भनेर छलफल भइरहेको जनाइएको छ।

स्थानीय चुनाव निर्वाचनमा तत्कालीन एमालेले आफ्नो चुनावी प्रतिबद्धतापत्रमा घरहरूमा एकै प्रकारको रङको अवधारणा अघि सारेको थियो। रूपन्देहीमा विकासका ठूला पूर्वाधार निर्माण भइरहँदा जिल्लाको तिलोत्तमा नगरपालिकामा बस्ती विकास तीव्र रूपमा बढ्दै गएको छ।

नगरपालिकाले हालै गरेको घरधुरी सर्वेक्षणअनुसार यहाँको जनसंख्या १ लाख २५ हजार पुगेको छ। राष्ट्रिय जनगणना–२०६८ अनुसार यहाँको जनसंख्या १ लाख मात्र थियो। पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका अवसरले यहाँ बसाइँसराइको चाप उच्च भएका हो। नगरपालिकाले यहाँ नयाँ–नयाँ योजना अघि सारेको छ।

स्थानीय, प्रदेश र संघीय सरकारद्वारा यहाँ विकासका ठूला पूर्वाधारहरू तीव्रतर रूपमा अघि बढेका छन्। प्रदेश राजधानी भएसँगै बुटवलका सरकारी कार्यालयहरूसमेत यहाँ सर्न थालेका छन्। यी सबै कुराको प्रभाव बस्ती विकासमा देखिएको हो। नगरपालिकाले यहाँ चक्रपथ, प्रादेशिक बस टर्मिनल, सामुदायिक अस्पताल, कोल्डस्टोर, फोहोरमैला प्रशोधन केन्द्र, औद्योगिक ग्राम, खेलकुद मैदानलगायत विकासका विभिन्न पूर्वाधार अघि सारेको छ।

नगरपालिकामा दैनिक सरदर तीनवटा नयाँ घर थपिने गरेका छन्। नगरपालिकाको घरनक्सा शाखाले उपलब्ध गराएको घर नक्सा दर्ता संख्याले यस्तो देखाएको हो। नयाँ नगरपालिका भएकाले यहाँ अझै पनि घरहरू पूर्णतः नक्सा पासको प्रक्रियामा आउन सकेका छैनन्।

नक्सा पासविना बनाइएको घरलाई भत्काउनेसम्मको अधिकार स्थानीय तहलाई छ। नगरपालिकमा सरदर दैनिक तीनवटा नयाँ घर नक्सा दर्ता हुने गरेको नक्सा शाखाले जनाएको छ।

लोकप्रिय

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

मन्त्रिपरिषदद्वारा पारित ऊर्जा दक्षता रणनीति आज सार्वजनिक

६ फाल्गुन २०७५, सोमबार

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

पर्वतीय उद्वारका लागि सशस्त्रको ‘तालिम शिक्षालय’

५ फाल्गुन २०७५, आईतवार

लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

५ फाल्गुन २०७५, आईतवार

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

अनेरास्ववियूमा पनि उमेर हदबन्दीको बहस सुरु

६ फाल्गुन २०७५, सोमबार

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

५ फाल्गुन २०७५, आईतवार

बाख्रापालनले गाउँको मुहार नै फेरियो

बाख्रापालनले गाउँको मुहार नै फेरियो

५ फाल्गुन २०७५, आईतवार

२००७ साल र त्यसपछिका क्रान्ति

२००७ साल र त्यसपछिका क्रान्ति

५ फाल्गुन २०७५, आईतवार

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

‘लुट्न सके लुट’ गीतलाई पुन: यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

५ फाल्गुन २०७५, आईतवार

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

जीप दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

६ फाल्गुन २०७५, सोमबार

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

व्यावसायिक नाटक निर्माण गर्ने मोफसलकी पहिलो रंगकर्मी

६ फाल्गुन २०७५, सोमबार

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

युवा संघको धम्कीपछि पशुपतिले आफ्नो गीत युट्युवबाट हटाए

५ फाल्गुन २०७५, आईतवार

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

मनकारी डा. जोशीको अभिनन्दन गरिँदै

६ फाल्गुन २०७५, सोमबार

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

स्ववियु निर्वाचनको मागसहित अनेरास्ववियुले सुरु गर्यो आन्दोलन

६ फाल्गुन २०७५, सोमबार

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

५ फाल्गुन २०७५, आईतवार

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय निर्माण

६ फाल्गुन २०७५, सोमबार