ताप्लेजुङ– साहसिक पदयात्रा क्षेत्र कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा हिमखम्बा राखिएपछि पर्यटक र पथप्रर्दशकलाई आवागमनमा सहज भएको छ। पदमार्गका विभिन्न ठाउँमा हिमखम्बा र साङ्केतिक खम्बा राखिएसँगै हिउँ परेपछि बाटो भुल्ने समस्याबाट पर्यटक र पथप्रर्दशकले मुक्ति पाएका छन्।

हिउँले बाटो छोपेपछि पर्यटकलाई यात्रामा समस्या हुँदै आएको थियो। आधार शिविर प्रवेशद्वार घुन्सादेखि माथिल्लो क्षेत्रमा खम्बाहरु गाडिएका छन्। यात्रा सहज बनाउने उद्देश्यसहित कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्अन्तर्गत समृद्ध पहाडले २०० थान हिमखम्बा र १०० थान साङ्केतिक खम्बा गाडेको समृद्ध पहाडका वरिष्ठ कार्यक्रम संयोजक सुदीप श्रेष्ठले जानकारी दिएका छन्।

श्रेष्ठका अनुसार घुन्सादेखि उत्तरी आधार शिविर जाने पदमार्ग खम्वाचेन, लोनाक र पाङ्पेका साथै दक्षिणी आधार शिविर जाने सेलेले, चेइराम, ओक्तानसम्म नै खम्बा गाडिएको छ। पाङ्पेमा उत्तरी र ओक्तान दक्षिणी आधार शिविर हुन्। उत्तरतर्फ हिमखम्बा र दक्षिणतर्फ साङ्केतिक खम्बा गाखिएको छ। कञ्चनजङ्घामा स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम वर्षेनी बढ्दो छ।

नेपाल भ्रमण वर्षलाई समेत सहयोग गर्ने उद्देश्यले आवश्यक काम भइरहेको परिषद्का अध्यक्ष खगेन्द्र फेम्बूले बताएका छन्। उनका अनुसार कञ्चनजङ्घाको पदमार्गलाई छोट्याउने लगायतका कार्य भइरहेका छन्। २२ देखि २८ दिनको कञ्चनजङ्घा यात्रालाई छोट्याएर नौ दिनमा नै सम्पन्न गर्न सकिने नयाँ रुटको समेत विकास गरिएको छ। (रासस)

लोकप्रिय

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, २९ मंसिर आईतवार १९:०८

उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’

उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’

२०७६, २८ मंसिर शनिबार १६:४५

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १० लाख सहयोग

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १० लाख सहयोग

२०७६, २८ मंसिर शनिबार १३:४६

मन्त्री अर्यालद्वारा धनोदय बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन

मन्त्री अर्यालद्वारा धनोदय बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन

२०७६, २८ मंसिर शनिबार १७:१६

शिक्षा नीतिः परामर्श व्यवसायी निरास, अभिभावक चिन्तित, विद्यार्थी मर्कामा

शिक्षा नीतिः परामर्श व्यवसायी निरास, अभिभावक चिन्तित, विद्यार्थी मर्कामा

२०७६, २९ मंसिर आईतवार १३:३६

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा

२०७६, २८ मंसिर शनिबार १६:३०

एप्पलकाे आईओएस १३.३ को अपडेट भर्जन सार्वजनिक

एप्पलकाे आईओएस १३.३ को अपडेट भर्जन सार्वजनिक

२०७६, २९ मंसिर आईतवार १७:४७

‘काठमाडौं टु इलाम’ : एक अविस्मरणिय यात्रा

‘काठमाडौं टु इलाम’ : एक अविस्मरणिय यात्रा

२०७६, २९ मंसिर आईतवार १५:१८

आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति

आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति

२०७६, २९ मंसिर आईतवार १७:१२

सडकमाः पैदलयात्री लापरवाह

सडकमाः पैदलयात्री लापरवाह

२०७६, २९ मंसिर आईतवार १५:३०

नेयमारको डिमाण्ड ३.५ मिलियन युरो, फर्किएलान् त बार्सिलोना ?

नेयमारको डिमाण्ड ३.५ मिलियन युरो, फर्किएलान् त बार्सिलोना ?

२०७६, २८ मंसिर शनिबार ०७:५२

धनुषा बम विस्फोट काण्डः विप्लवका तीन नेता पक्राउ

धनुषा बम विस्फोट काण्डः विप्लवका तीन नेता पक्राउ

२०७६, २८ मंसिर शनिबार १४:०३

मानव तस्करीमा परेकाको ‘जिन्दगीको उडान’

मानव तस्करीमा परेकाको ‘जिन्दगीको उडान’

२०७६, २९ मंसिर आईतवार १६:०६

कम्मर र पेटको बोसो घटाउने सजिलाे उपाय

कम्मर र पेटको बोसो घटाउने सजिलाे उपाय

२०७६, २९ मंसिर आईतवार ११:४८

गुणस्तर विकास गर्न विद्युतकाे नयाँ फिडर थपियो

गुणस्तर विकास गर्न विद्युतकाे नयाँ फिडर थपियो

२०७६, २८ मंसिर शनिबार १३:३७