विराटनगर– नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन प्रदेश नं १ सरकार यहाँका विशेष स्थानहरुको परिचय खुलाउनमा व्यस्त देखिएको छ। नेपालको सबैभन्दा गहिरो स्थान झापाको केचनाकबल र विश्वकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा पनि यसै प्रदेशमा पर्ने भएकाले पनि प्रदेश नं १ लाई पर्यटकीय गन्तव्य स्थल बनाउन सकिने प्रदेश सरकारको अठोट छ।

कोशी वन्यजन्तु आरक्षण क्षेत्र, चिया खेती, अलैँची, सुन्तला, देशकै सबैभन्दा ठूलो प्राकृतिक पोखरी बर्जुताल, रुद्राक्ष र विभिन्न प्रजातिका लालीगुराँस फुल्ने क्षेत्र र अन्य साना हिमाल, पहाड, मधेश वनजङ्गल र प्राकृतिक सौन्दर्यता भरिपूर्ण अन्य धेरै स्थानको खोजी र पहिचानमा प्रदेश सरकार लागिपरेको छ। धार्मिक दृष्टिले पनि बराह क्षेत्रदेखि पाथीभरामाईको मन्दिर यस प्रदेशमा हुनुले सबै किसिमको पर्यटकलाई लोभ्याउन सकिने आज यहाँ एक समारोहमा सरकारका प्रतिनिधिहरुले उद्घोष गरेका छन्।

पर्यटन वर्षलाई सफल बनाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज यहाँ ‘पर्यटक र अतिथिको सत्कार प्रदेश नं १ को संस्कार’ विषयक कार्यक्रमको आयोजना गरी विभिन्न देशका १०० पर्यटकलाई भव्य स्वागत गरेको छ। मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई पर्यटकीयस्थल बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्। उनले पर्यटकका लागि अब नेपालको राजधानी काठमाडौँ, चितवन, पोखरा र लुम्बिनीमात्र नभएर प्रदेश नं १ पनि आकर्षकको केन्द्र हुने भन्दै यहाँका विशेषता, संस्कार र भौगोलिकतालाई बुझेर प्रदेश सरकारले विभिन्न योजना बनाउन लागेको बताएका छन्।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले नेपाल भ्रमण वर्षलाई सफल बनाउन हामी सबैको दायित्व हो भन्दै प्रदेश नं १ मा पाँच लाख पर्यटक भित्र्याउने कार्यक्रम बनाएको जानकारी दिएका छन्। नविल बैंकका कार्यकारी अध्यक्ष अनिलकेशरी शाहले पहिले देश अनिमात्र विदेश रणनीति बनाउन सकियो भने नेपालमा पर्यटक लागि समस्या नहुनेमा जोड दिएका छन्। रासस

लोकप्रिय

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

२०७६, २१ मंसिर शनिबार १७:५१

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

२०७६, २२ मंसिर आईतवार १८:४७

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

२०७६, २२ मंसिर आईतवार १०:३४

राैतहटमा इटाभट्टामा बम फेला

राैतहटमा इटाभट्टामा बम फेला

२०७६, २१ मंसिर शनिबार १७:३१

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

२०७६, २३ मंसिर सोमबार ११:०२

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

२०७६, २३ मंसिर सोमबार १९:१७

चाया हटाउने घरेलु उपाय

चाया हटाउने घरेलु उपाय

२०७६, २२ मंसिर आईतवार १४:३९

महिनावारी समयमै गराउने घरेलु उपाय

महिनावारी समयमै गराउने घरेलु उपाय

२०७६, २३ मंसिर सोमबार १४:२९

नेपालसँग हारेसँगै माल्दिभ्सका प्रशिक्षक बर्खास्त

नेपालसँग हारेसँगै माल्दिभ्सका प्रशिक्षक बर्खास्त

२०७६, २१ मंसिर शनिबार १८:४६

कोदो भित्र्याउन व्यस्त किसान

कोदो भित्र्याउन व्यस्त किसान

२०७६, २२ मंसिर आईतवार १७:३०

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

२०७६, २३ मंसिर सोमबार १७:४०

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

२०७६, २३ मंसिर सोमबार १७:४१

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

२०७६, २३ मंसिर सोमबार ०७:१८