
चितवन– पवित्र तीर्थस्थल देवघाट धाममा सत्बीज छर्नेको घुइँचो लागेको छ। रातभर सो क्षेत्रमा जाग्राम बसेर तीर्थालुले दीपप्रज्वलन गरी आज सत्बीज छरेका हुन्।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार राति दीपप्रज्वलन गरेर बस्नेको संख्या एक लाखभन्दा बढी रहेको थियो। समितिले टेण्ट र त्रिपाल लगाएको भए पनि ती स्थानमा नअटेपछि भक्तजनले खुल्ला आकासमुनि जाग्राम बसी दीपप्रज्वलन गरेका थिए। रातिदेखि बस्ने र बिहानै देवघाट पुग्नेको भीड लागेको छ। सडक र ढलानबाहेकका स्थानमा सत्बीज छर्न समितिले आग्रह गरेको छ।
आज बालाचर्तुदशी पर्व, सत्बीज छरेर मनाइँदै छ। दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सत्बीज छर्ने चलन छ। सत्बीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ। वर्षभरि दिवङ्गत भएका आफन्तका आत्माको चिरशान्तिको कामना गर्दै सत्बीज छर्ने चलन छ। सत्बीजबाट उम्रेर आएको अन्न दिवङ्गतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ। सोही कारण आफन्त नहुनेले जीवनकालमै सत्बीज छर्ने चलन छ।
बालाचतुर्दशीमा एक गेडा सत्बीज छरे पनि एक टुक्रा सुन जति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिडालु र हलेदोका टुक्रा सत्बीजका रुपमा छर्ने गरिन्छ। रासस


लोकप्रिय

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?
२०७६, २९ मंसिर आईतवार १९:०८

उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’
२०७६, २८ मंसिर शनिबार १६:४५

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १० लाख सहयोग
२०७६, २८ मंसिर शनिबार १३:४६

मन्त्री अर्यालद्वारा धनोदय बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन
२०७६, २८ मंसिर शनिबार १७:१६

शिक्षा नीतिः परामर्श व्यवसायी निरास, अभिभावक चिन्तित, विद्यार्थी मर्कामा
२०७६, २९ मंसिर आईतवार १३:३६

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा
२०७६, २८ मंसिर शनिबार १६:३०

एप्पलकाे आईओएस १३.३ को अपडेट भर्जन सार्वजनिक
२०७६, २९ मंसिर आईतवार १७:४७

‘काठमाडौं टु इलाम’ : एक अविस्मरणिय यात्रा
२०७६, २९ मंसिर आईतवार १५:१८

आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति
२०७६, २९ मंसिर आईतवार १७:१२

सडकमाः पैदलयात्री लापरवाह
२०७६, २९ मंसिर आईतवार १५:३०

नेयमारको डिमाण्ड ३.५ मिलियन युरो, फर्किएलान् त बार्सिलोना ?
२०७६, २८ मंसिर शनिबार ०७:५२

धनुषा बम विस्फोट काण्डः विप्लवका तीन नेता पक्राउ
२०७६, २८ मंसिर शनिबार १४:०३

मानव तस्करीमा परेकाको ‘जिन्दगीको उडान’
२०७६, २९ मंसिर आईतवार १६:०६

कम्मर र पेटको बोसो घटाउने सजिलाे उपाय
२०७६, २९ मंसिर आईतवार ११:४८

गुणस्तर विकास गर्न विद्युतकाे नयाँ फिडर थपियो
२०७६, २८ मंसिर शनिबार १३:३७
