काठमाडौं– मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानैदेखि पशुपतिलगायत देशभरका शिवालयमा शतबीज छर्न लाखौँ भक्तजनको लर्को छ। हिजो बिहानैदेखि पशुपतिलगायत शिवालयमा महादीपदान गरी बसेका भक्तजनले आज बिहानै नदीमा स्नान गरी शतबीज छर्न शुरु गरेका हुन्।

बालाचतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता छ। हेमाद्रि लगायत धर्मशास्त्रका पुस्तकमा वर्णन गरिएअनुसार धानको १०० गेडा छर्ने विधि भएपनि हाल कतिपयले व्यवहारमा मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रूपमा छर्ने गरेका छन्।

मार्गशीर्ष कृष्ण त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरेपछि खानका लागि अन्न छरिएको हो भन्ने मान्यतासमेत छ। शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ। यसै विश्वासका आधारमा पशुपति क्षेत्रको विशेषगरी मृगस्थली, विश्वरूप, सूर्यघाट, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाटलगायत क्षेत्रमा बिहानैदेखि शतबीज छर्ने भक्तजनको भीड लागेको छ।

गत वर्षदेखि बालाचतुर्दशीको मेला भर्न पशुपति क्षेत्रमा आएका भक्तजनलाई चिसो नहोस् भनी पशुपति क्षेत्र विकास कोषले त्रिपालको व्यवस्था गरेको थियो। यस वर्ष त्रिपालमुनि बसेर महादीपदान गर्ने भक्तजनसँग शुल्क लिन नपाउने व्यवस्था गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए।

कसैले शुल्क उठाएको पाइएमा कारवाही गर्ने उनले बताएका छन्। यसका लागि पशुपति क्षेत्रको सुरक्षा कडा बनाइएको छ। चारवटै सुरक्षा निकायको समन्वयमा पशुपति क्षेत्रको सुरक्षा कडा बनाइएको हो। यस वर्षदेखि यो नयाँ व्यवस्था गर्दा रातभर दीपदान गरेर बस्नेलाई सुविधा पुगेको छ।

विसं २०७४ सम्म त्रिपालको समेत व्यवस्था नहुँदा श्रद्धालु चिसोले कठ्याङिग्रने गरेका थिए। पशुपतिसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, वसन्तपुरस्थित हनुमानढोका दरबारअघिको सानो पशुपतिनाथ भनेर चिनिने शिवालयलगायत देशभरका शिव मन्दिरमा भक्तजनले दिवङ्गत पितृका नाममा शतबीज छरिरहेका छन्।

बालाचतुर्दशीका दिन पशुपति क्षेत्रमा आउने भक्तजनले वासुकी र गुह्येश्वरी मन्दिरमा पनि विशेष पूजा गर्ने विधि छ। पशुपतिलगायत देशभरका शिवालयमा आज सोमबार परेकाले पनि पितृका नाममा शतबीज छर्नेबाहेकका भक्तजनको समेत उपस्थितिका कारण बढी भीड छ। शतबीज छरिसकेर विधिपूर्वक हवनसहित चतुर्थी गरेपछि बालाचतुर्दशी पर्व समाप्त हुन्छ।

रासस

लोकप्रिय

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, २९ मंसिर आईतवार १९:०८

कमजाेर हड्डीहरू बलियाे बनाउने सजिलाे उपाय

कमजाेर हड्डीहरू बलियाे बनाउने सजिलाे उपाय

२०७६, २७ मंसिर शुक्रबार १८:५२

उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’

उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’

२०७६, २८ मंसिर शनिबार १६:४५

‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी’ द्धारा ५ प्रतिभालाई सम्मान

‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी’ द्धारा ५ प्रतिभालाई सम्मान

२०७६, २७ मंसिर शुक्रबार १८:५०

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १० लाख सहयोग

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १० लाख सहयोग

२०७६, २८ मंसिर शनिबार १३:४६

मन्त्री अर्यालद्वारा धनोदय बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन

मन्त्री अर्यालद्वारा धनोदय बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन

२०७६, २८ मंसिर शनिबार १७:१६

पीपीएलको ट्रफी सार्वजनिक, खेल आइतबारबाट शुरु हुने

पीपीएलको ट्रफी सार्वजनिक, खेल आइतबारबाट शुरु हुने

२०७६, २७ मंसिर शुक्रबार १७:५५

गजल

गजल

२०७६, २७ मंसिर शुक्रबार १३:३१

शिक्षा नीतिः परामर्श व्यवसायी निरास, अभिभावक चिन्तित, विद्यार्थी मर्कामा

शिक्षा नीतिः परामर्श व्यवसायी निरास, अभिभावक चिन्तित, विद्यार्थी मर्कामा

२०७६, २९ मंसिर आईतवार १३:३६

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा

२०७६, २८ मंसिर शनिबार १६:३०

सबैभन्दा सस्तो टीभीएसको बाइक ‘एक्सएल १००’, नेपाली बजारमा

सबैभन्दा सस्तो टीभीएसको बाइक ‘एक्सएल १००’, नेपाली बजारमा

२०७६, २७ मंसिर शुक्रबार १५:१४

एप्पलकाे आईओएस १३.३ को अपडेट भर्जन सार्वजनिक

एप्पलकाे आईओएस १३.३ को अपडेट भर्जन सार्वजनिक

२०७६, २९ मंसिर आईतवार १७:४७

सुक्यो संसारकै सबैभन्दा फराकिलो झरना

सुक्यो संसारकै सबैभन्दा फराकिलो झरना

२०७६, २७ मंसिर शुक्रबार १४:४८

शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैनः महासचिव पौडेल

शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैनः महासचिव पौडेल

२०७६, २७ मंसिर शुक्रबार १६:४६

‘काठमाडौं टु इलाम’ : एक अविस्मरणिय यात्रा

‘काठमाडौं टु इलाम’ : एक अविस्मरणिय यात्रा

२०७६, २९ मंसिर आईतवार १५:१८