
नवलपुर– बुलिङ्टार गाउँपालिका, डाँडाझेरीमा पर्यटन प्रवद्र्धन र स्थानीय कृषि उत्पादनको बजारीकरणका लागि यही मङ्सिर १२ देखि १६ गतेसम्म डाँडाझेरीको भाङ्वारीमा प्रथम डाँडाझेरी महोत्सव हुने भएको छ।
डाँडाझेरी गैँडाकोट विकास समाजले यहाँको कृषि उत्पादन र पर्यटकीयस्थलको प्रचारप्रसारका लागि महोत्सव आयोजना गर्न लागिएको जनाएको छ।
समाजका अध्यक्ष दुर्गाबहादुर मसराङ्गी मगरका अनुसार सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउनका लागि समेत महोत्सव गर्न लागिएको हो।
सदरमुकाम कावासोतीबाट करीब ४४ किलोमिटर उत्तरी भाग तथा पूर्वीनवलपुरको गैँडाकोटको कालीगण्डकी करिडरको ४० किलोमिटरको उत्तरपश्चिमको यात्रापछि डाँडाझेरी पुग्न सकिन्छ।
बुलिङ्टार गाउँपालिकामा रहेका घुमारीघाट, झेरीखण्डे दरबार, देवचुली, वरचुली, विभिन्न जातजातिका परम्परागत लोक नृत्य (कौडा, चुट्का) जस्ता ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षणसँगै प्रचारप्रसारका लागि महोत्सवको आयोजना गरिएको मगरले जानकारी दिएका छन्।
डाँडाझेरीमा रहेको संस्कृति, परम्परा उजागार गर्नाका साथै कालीगण्डकी नदीमा जलयात्रा, राजारानी ढुङ्गाको अवलोकन, जलदेवी मन्दिरको दर्शनका साथै स्थानीय उत्पादन सुन्तला, केरा, अदुवा, अम्रिसो आदिको बजारीकरणका लागि महोत्सव महत्वपूर्ण हुने मगरले बताएका छन्। महोत्सवमा १० कृषि उत्पादनका कक्षसहित ३० कक्ष रहने बताइएको छ।
महोत्सव अवलोकनका लागि जाने दर्शकलाई खाना र बस्नका लागि गाउँमै व्यवस्थापन गरिएको महोत्सव प्रचारप्रसार समितिका संयोजक मनप्रसाद भाटले बताएका छन्।
गैँडाकोट नगरपालिका–८ स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा वृद्धाश्रम निर्माणसहित वैदिक हिन्दू धर्मको संरक्षण, मन्दिर परिसरको जग्गा विस्तार, सत्सङ्ग भवन निर्माण, मन्दिर निर्माण र स्थानीय जातको गाई संरक्षणका लागि भन्दै यही मङ्सिर १ गतेदेखि महायज्ञको आयोजना गरिएको थियो।
महायज्ञ मूल आयोजक समितिका संयोजक घनश्याम कँडेलले वैदिक धर्मसंस्कृतिमाथि प्रहार हुने क्रम बढेकाले समाजमा धार्मिक जागरण ल्याउनसमेत महायज्ञ गरिएको बताएका छन्।
मङ्सिर ८ गते सकिएको महायज्ञमा गैँडाकोट–८ का विष्णुप्रसाद अधिकारीले सबैभन्दा बढी रु तीन लाख ११ हजार १११ दान गरेको कँडेलले बताएका छन्। महायज्ञमा पण्डित दीपक सापकोटाले कथा वाचन गरेको थियो। (रासस)


लोकप्रिय

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग
२०७६, २१ मंसिर शनिबार १७:५१

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक
२०७६, २२ मंसिर आईतवार १८:४७

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल
२०७६, २१ मंसिर शनिबार ०७:३९

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य
२०७६, २२ मंसिर आईतवार १०:३४

राैतहटमा इटाभट्टामा बम फेला
२०७६, २१ मंसिर शनिबार १७:३१

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल
२०७६, २३ मंसिर सोमबार ११:०२

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना
२०७६, २३ मंसिर सोमबार १९:१७

चाया हटाउने घरेलु उपाय
२०७६, २२ मंसिर आईतवार १४:३९

महिनावारी समयमै गराउने घरेलु उपाय
२०७६, २३ मंसिर सोमबार १४:२९

नेपालसँग हारेसँगै माल्दिभ्सका प्रशिक्षक बर्खास्त
२०७६, २१ मंसिर शनिबार १८:४६

कोदो भित्र्याउन व्यस्त किसान
२०७६, २२ मंसिर आईतवार १७:३०

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी
२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान
२०७६, २३ मंसिर सोमबार १७:४०

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं
२०७६, २३ मंसिर सोमबार १७:४१

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए
२०७६, २३ मंसिर सोमबार ०७:१८
