काठमाडौं– पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका दिन पशुपति क्षेत्रमा छरिएको शतवीज उठाउन शुरु गरेको छ। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने बालाचतुर्दशीका अवसरमा सोमबार बिहान पशुपति क्षेत्रका मृगस्थली, विश्वरुप, सूर्यघाट, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाट, वनकालीलगायत क्षेत्रमा बिहानैदेखि शतबीज छरिएको थियो।

हेमाद्रिलगायत धर्मशास्त्रका पुस्तकमा धानको सय गेडा छर्ने विधि भए पनि हाल मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रुपमा छरिन्छ। पहिले जङ्गल हुने पशुपति क्षेत्रमा हाल पक्की संरचना बनेपछि शतबीज उम्रन पाउँदैन। पक्की संरचनामा शतबीजले नराम्रो देखिने भएकाले उठाउनु परेको कोषले जनाएको छ।

पशुपति क्षेत्रमा निरन्तर आन्तरिक एवं बाह्य पर्यटक आउने भएकाले मुख्य मुख्य ठाउँमा छरिएको शतबीज उठाउन शुरु गरिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए। आज मध्याह्नसम्म रुद्रगाडेश्वरसहित मूलमन्दिर क्षेत्रको शतबीज उठाइसकिएको छ।

आजसम्ममा मुख्य मुख्य स्थानको उठाइसकिने कोषले जनाएको छ। पशुपति क्षेत्रभर छरिएका शतबीज उठाउन तीन दिन लाग्ने उनले सुनाएका छन्। शतबीज उठाउन कोषको नेतृत्वमा नेपाली सेनाको कालीदल गण, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गणलगायत सामाजिक संस्थाको सहभागिता छ। (रासस)

लोकप्रिय

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, २९ मंसिर आईतवार १९:०८

उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’

उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’

२०७६, २८ मंसिर शनिबार १६:४५

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १० लाख सहयोग

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १० लाख सहयोग

२०७६, २८ मंसिर शनिबार १३:४६

मन्त्री अर्यालद्वारा धनोदय बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन

मन्त्री अर्यालद्वारा धनोदय बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन

२०७६, २८ मंसिर शनिबार १७:१६

शिक्षा नीतिः परामर्श व्यवसायी निरास, अभिभावक चिन्तित, विद्यार्थी मर्कामा

शिक्षा नीतिः परामर्श व्यवसायी निरास, अभिभावक चिन्तित, विद्यार्थी मर्कामा

२०७६, २९ मंसिर आईतवार १३:३६

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा

२०७६, २८ मंसिर शनिबार १६:३०

एप्पलकाे आईओएस १३.३ को अपडेट भर्जन सार्वजनिक

एप्पलकाे आईओएस १३.३ को अपडेट भर्जन सार्वजनिक

२०७६, २९ मंसिर आईतवार १७:४७

‘काठमाडौं टु इलाम’ : एक अविस्मरणिय यात्रा

‘काठमाडौं टु इलाम’ : एक अविस्मरणिय यात्रा

२०७६, २९ मंसिर आईतवार १५:१८

आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति

आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति

२०७६, २९ मंसिर आईतवार १७:१२

सडकमाः पैदलयात्री लापरवाह

सडकमाः पैदलयात्री लापरवाह

२०७६, २९ मंसिर आईतवार १५:३०

नेयमारको डिमाण्ड ३.५ मिलियन युरो, फर्किएलान् त बार्सिलोना ?

नेयमारको डिमाण्ड ३.५ मिलियन युरो, फर्किएलान् त बार्सिलोना ?

२०७६, २८ मंसिर शनिबार ०७:५२

धनुषा बम विस्फोट काण्डः विप्लवका तीन नेता पक्राउ

धनुषा बम विस्फोट काण्डः विप्लवका तीन नेता पक्राउ

२०७६, २८ मंसिर शनिबार १४:०३

कम्मर र पेटको बोसो घटाउने सजिलाे उपाय

कम्मर र पेटको बोसो घटाउने सजिलाे उपाय

२०७६, २९ मंसिर आईतवार ११:४८

मानव तस्करीमा परेकाको ‘जिन्दगीको उडान’

मानव तस्करीमा परेकाको ‘जिन्दगीको उडान’

२०७६, २९ मंसिर आईतवार १६:०६

गुणस्तर विकास गर्न विद्युतकाे नयाँ फिडर थपियो

गुणस्तर विकास गर्न विद्युतकाे नयाँ फिडर थपियो

२०७६, २८ मंसिर शनिबार १३:३७