अरुण तेस्रोको अहिले नै ‘रिभ्यू’ गर्ने बेला भएको छैन : अर्थमन्त्री

अरुण तेस्रोको अहिले नै ‘रिभ्यू’ गर्ने बेला भएको छैन : अर्थमन्त्री

सङ्खुवासभा, १९ कात्तिक – अर्थमन्त्री डा युवराज खतिवडाले पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रोको अहिले नै रिभ्यू गर्ने बेला नभएको बताउनुभएको छ । सदरमुकाम खाँदबारीमा पत्रकारसँग कुराकानी गर्दै उहाँले निर्माणाधीन अरुण तेस्रोका बारेमा तत्कालै समीक्षा गर्ने बेला भइनसकेको बताउनुभएको...

प्रदेश नं ५ का लागि छुट्टै बिदा माग

प्रदेश नं ५ का लागि छुट्टै बिदा माग

बुटवल, १९ कात्तिक – प्रदेश नं ५ को सरकारले प्रदेशका लागि छुट्टै बिदाको व्यवस्था गर्न सङ्घीय सरकारसँग माग गरेको छ । प्र्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशस्तरीय पाँच र स्थानीय तहको लागि तीन दिन बिदा स्वीकृति दिन सरकारसमक्ष सिफारिश...

मौरीजस्तो एकता हुनुपर्छ : मन्त्री पण्डित

मौरीजस्तो एकता हुनुपर्छ : मन्त्री पण्डित

विराटनगर, १९ कात्तिक – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पार्टीभित्रको एकता मौरी जस्तो हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी मोरङ र प्रेस सङ्गठन मोरङले आइतबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले गङ्गटा प्रवृत्तिको अन्त्य गरी मौरी एकता भएमा मात्र...

तुलाधरको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

तुलाधरको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौं, १९ कार्तिक – राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्तिक आन्दोलनका योद्धा एवं मानअधिकारवादी अभियन्ता पूर्व मन्त्री पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै तुलाधरले राष्ट्रका लागि पुर्याउनुभएको...

आगलागीबाट एकको मृत्यु

आगलागीबाट एकको मृत्यु

मेलम्ची, १९ कात्तिक – सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १ बजे घरमा आगो लाग्दा एकको ज्यान गएको छ । जितबहादुर गोलेको घरमा आगो लाग्दा उहाँका १२ वर्षीय छोरा राजु गोलेको मृत्यु भएको पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का वडाध्यक्ष काले गोलेले...

वातावरण र विकासबीचको सम्बन्ध अन्योन्याश्रित हुनुपर्छ : वनमन्त्री बस्नेत

वातावरण र विकासबीचको सम्बन्ध अन्योन्याश्रित हुनुपर्छ : वनमन्त्री बस्नेत

काठमाडौँ, १९ कात्तिक – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण र विकासबीचको सन्तुलन र सम्बन्धलाई एक अर्कामा अन्योन्याश्रित गर्दै अघि बढ्ने मन्त्रालयको प्राथमिकता र दृष्टिकोण रहेको बताउनुभएको छ । मन्त्री बस्नेतले आइतबार आफ्नै कार्यकक्षमा कुरा गर्दै सोही अनुसार नै मन्त्रालयले...

काँग्रेसको बैठक मङ्गलबार

काँग्रेसको बैठक मङ्गलबार

काठमाडौँ, १८ कात्तिक – नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २० गते मङ्गलबार बस्ने भएको छ । उक्त पार्टीले आज प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन अनुरोध गरेको छ ।

तुलाधारको योगदान कहिल्यै बिर्सन सकिन्नः नेता नेपाल

तुलाधारको योगदान कहिल्यै बिर्सन सकिन्नः नेता नेपाल

काठमाडौँ, १८ कात्तिक – वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता नर्भिक अस्पताल पुग्नुभएको छ । उहाँको आजै ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा अपराह्न १२:४५ मा उपचाररत रहँदाकै अवस्थामा निधन भएको हो ।...

राजश्व छल्न खोज्ने पक्राउ

राजश्व छल्न खोज्ने पक्राउ

वीरगञ्ज, १८ कात्तिक – सशस्त्र प्रहरी बल, भन्सार राजश्व सुरक्षा गुल्म वीरगञ्जले भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याइरहेको रु तीन लाख सात हजार ५५० बराबरको सामान बरामद भएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काको नेतृत्वमा खटेको गस्ती टोलीले वीरगञ्ज...

मलामी सवार ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

मलामी सवार ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

कात्तिक १८, भीमदत्तनगर – मलामी गएर फर्किंदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा आज कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतडाका दुई युवकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको भीमदत्तनगर–दैजी खण्डमा महाकाली नदीबाट फर्किंदै गरेको से१त ५४२२ नंको ट्र्याक्टर दुर्घटना हुँदा का अन्दाजी ३० वर्षीय...

Input your search keywords and press Enter.