Logo Side
Logo Side
Mobile Ads After Nav

कलेज स्तरीय फुटसल प्रतियोगिता हुने

कलेज स्तरीय फुटसल प्रतियोगिता हुने

काठमाडौँ – राइट्स एण्ड एसोसियट्स शैक्षिक परामर्श दाता कन्सल्टेन्सीको आयोजनामा कलेज स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यहि मार्च २४ तारिख अर्थात् चैत्र १० गते शनिबारको दिन हुने जानकारी कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सुरज बस्नेतले जानकारी दिए फुटसलमा युवा बर्गको आकर्षण बृद्दी भई रहेको छ तर स्तरीय प्रतियोगिताको अभाबलाइ ध्यानमा राखेर युवा बिद्यार्थीहरुलाइ फुटसल तर्फ ध्यान आकर्षित गर्नको लागि उक्त प्रतियोगिता गर्न लागीएको संयोजक प्रतित खड्काले जानकारी गराए । प्रतियोगिताको प्रथम विजेताले नगद ३५००० र दोस्रो हुनेले २११०० सहित प्रमाण पत्र र मेडल पाउनेछन् ।

राइट्स एण्ड एसोसियट्स शैक्षिक परामर्श दाता कन्सल्टेन्सीले आयोजना गरेको प्रतियोगिताको सह प्रायोजक हरु नेक्स्ट नेपाल आइटी सोलुसन,प्रशान्ति एकेडेमी स्कुल,मानेक्विन क्लथिङ्ग स्टोर,दी अर्डर मार्क टेलरिंग र शिब शक्ति गार्मेन्टस रहेका छन् ।