Logo Side
Logo Side
Mobile Ads After Nav

आजबाट सोह्रौ महिला राष्ट्रिय लिग फुटबल शुरु हुदै

काठमाडौं, १६ पुस– राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको सोह्रौँ महिला राष्ट्रिय लिग फुटबल आइतबारदेखि सुरु हुँदैछ ।

आजबाट सोह्रौ महिला राष्ट्रिय लिग फुटबल शुरु हुदै

काठमाडौं, १६ पुस– राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको सोह्रौँ महिला राष्ट्रिय लिग फुटबल आइतबारदेखि सुरु हुँदैछ ।

राखेप च्याम्पियनसिप अन्तर्गत हुने प्रतियोगितामा साविकका ५ विकास क्षेत्र र ३ वटा विभागीय टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् ।

आइतबार पहिलो दिन दिउँसो १२ बजेपछि नेपाल प्रहरी र मध्यमाञ्चल तथा पौने ३ बजेपछि पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चलबीच खेल हुने छ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले डेढ लाख रुपैयाँ नगद पुरस्कार पाउने एन्फाले जनाएको छ ।