Logo Side
Logo Side
Mobile Ads After Nav

वान–डे विश्वकप छनोट : दबाबविहिन नेपाल

वान–डे विश्वकप छनोट : दबाबविहिन नेपाल

फागुन २०, काठमाडौं – नेपाल आफ्नो क्रिकेट इतिहासकै सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता खेल्दै छ, वान–डे विश्वकप छनोट । जिम्बावेमा आइतबार सुरु हुने विश्वकपको प्रवेशद्वार रहेको यस प्रतियोगिताको पहिलो खेल घरेलु टोलीसँग खेल्दा नेपाल दबाबबिना मैदान उत्रने छ ।

कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा भनिएको छ, ‘ जिम्बावेसँगको भेट नेपालको टेस्ट राष्ट्रसँग वान–डे क्रिकेटमा पहिलो हो । जिम्बावेले सन् १९८३ यता लगातार विश्वकपमा सहभागिता जनाउँदै आएको छ । घरेलु मैदानमा उत्रँदा टोलीसँग दसौंपल्ट विश्वकपमा पुग्ने लक्ष्य हुनेछ । १० राष्ट्र सहभागी प्रतियोगिताको फाइनल पुग्ने टोली अर्को वर्ष इंग्ल्यान्डमा हुने विश्वकपमा छानिने छन् ।’

वान–डे अन्तर्राष्ट्रिय वरीयताको शीर्ष आठमा नपरेका जिम्बावेसहित वेस्ट इन्डिज, आयरल्यान्ड र अफगानिस्तान विश्वकप छनोटमा प्रतिस्पर्धा गरिरहेका छन् । धेरैको नजरमा यी चारमध्ये दुई टोली विश्वकप पुग्ने अनुमान छ । जिम्बावे अझै त्यसमा दाबेदार टोली हो । घरेलु मैदानमा खेल्न पाएकाले पनि जिम्बावेको मनोबल उच्च छ ।

नेपाल तेस्रोपल्ट विश्वकप छनोटमा खेलिरहेको छ । नेपालको पहिलो लक्ष्य वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउनु हो । शीर्ष ८ भित्र पर्न सकेमा नेपालले आगामी ४ वर्षका लागि वान–डे मान्यता पाउने छ र प्रथम श्रेणीको मान्यताप्राप्त अन्तरमहादेशीय चारदिवसीय क्रिकेट काठमाडौं फर्कने छ । गत महिना नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ मा उपविजेता हुँदै नेपाल छनोटमा पुगेको हो । त्यस क्रममा नेपालले जितेका ४ खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो ।