Logo Side
Logo Side
Mobile Ads After Nav

प्रदिप यादवले ताने सबैको ध्यान

प्रदिप यादवले ताने सबैको ध्यान

फागुन २०, काठमाण्डौ । सेतो धोती, सेतै कुर्था, खादीको बन्डी अनि शिरमा पनि सेतै पगरी । मधेसको ठेट पहिरनमा सजिएका पर्सा क्षेत्र नम्वर एकबाट निर्वाचित सांसद प्रदिप यादव आज संसद भवनमा आकर्षणको केन्द्र थिए । संगै सपथ लिन आएका अन्य सांसदहरुको आँखा होस वा त्यहा पुगेका पत्रकारहरुको क्यामेराको लेन्स, प्रदिप यादवतिरै सोझिएका थिए । संघिय समाजवादी फोरम नेपालका नेता यादवको उपस्थिती निकै महत्वपुर्ण थियो । ‘हामीले वर्षौ आफ्नो पहिचान र आत्मसम्मानको लडाई लड्यौ,’ यादवले भने – ‘हाम्रो पहिचान भनेकै यहि धोती, कुर्था, बन्डी र पगरीजस्ता हाम्रा भेषभुषा हुन् ।’ उनले संसदमा भोजपुरी भाषामै सपथ लिएका थिए । उनी संघिय समाजवादी फोरम नेपालका प्रभावशाली नेता हुन् ।
प्रतिनिधि र राष्ट्रिय सभाका सांसदले नेपालीसहित ८ भाषामा सपथ लिएका थिए । संघीय समाजवादी फोरम नेपालबाट चुनाव जितेका सांसद प्रदीप यादवले संसद सचिवालयमा मातृभाषा भोजपुरीमा शपथ लिने निवेदननै दर्ता गराएर शपथ लिएका छन् । उनले भने, ‘जिल्ला र क्षेत्रका सबै जनताले सहजरूपमा बुझ्नको लागि नै नेपाली र हिन्दी भन्दा पनि मातृभाषा भोजपुरीमा शपथ लिएको हुँ ।’ भाषा, संस्कृति र पहिचानको लागि नै मधेसमा आन्दोलन भएकोले आफू मधेसकै पहिरनमा भोजपुरीमा सपथ लिएको उनको भनाइ थियो । अबको ५ वर्ष मधेस आन्दोलनबाट उठेका मागहरूलाई पुरा गराउनुको साथै विकासको लागि पनि संघीय ससंदमा आफू अनवरत संघर्षरत रहने सांसद यादवले बताए।