Logo Side
Logo Side
Mobile Ads After Nav

‘तिमि संग’ युनिट चितवनमा

‘तिमि संग’ युनिट चितवनमा

काठमाडौँ – चैत्र २३ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘तिमि संग’ युनिट प्रचारप्रसारको लागि मोफसल पुगेका छन् ।

टाइटल गीत सार्वजनिक गरेर प्रतिक्रिया बटुलीरहदा टीम मोफसल टुरमा निस्किएको हो । शनिबार चितवनको भरतपुरमा नायिका साम्राज्ञी सहित नायक आकाश श्रेष्ठ र अर्का नायक नाजिर हुसेन सहितको टोलीले नारायणगढमा पत्रकार सम्मेलन गरी चलचित्र उत्कृष्ट बनेको भन्दै दर्शकको मायाँ पाउने आशा रहेको बताए ।

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह स्टारर ‘तिमि सँग’ लाई शिशिर राणाले निर्माण एवं निर्देशन गरेका हुन् । चलचित्रमा साम्राज्ञीले दुई अभिनेता नाजिर हुसेन र आकाश श्रेष्ठसँग रोमान्स गरेकी छिन् । काठमाण्डौं, पोखरा, पुनहिल, घोरोपनी, देउराली, घान्द्रुक लगायतका क्षेत्रमा चलचित्रको छायाँकन गरिएको छ ।

चलचित्रको पटकथा शिशिरसँगै साकार ओझा, समुन्द्र उप्रेती र सुशील छेत्रीले तयार पारेका हुन् । चैत २३ गते रिलिज हुने ‘तिमि सँग’मा प्रमोद कार्कीको छायाँकन, वनिश विक्रम शाह र मिलन श्रेष्ठको सम्पादन, राहुल मुखर्जी र दिपक पाठक र रिदम कँडेलको संगीत रहेको छ ।