Logo Side
Logo Side
Mobile Ads After Nav

‘चङ्गा’ को पहिलो गीत सार्वजनिक

‘चङ्गा’ को पहिलो गीत सार्वजनिक

काठमाडौँ – जेठ २५ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘चङ्गा’ को पहिलो गीत रिलिज भएको छ । प्रचारको पहिलो सुरुवात भन्दै निर्माण टिमले फिल्ममा समावेश लोक फ्लेभरको गीत ‘कम्पनी माला’ दर्शकमाझ ल्याएको हो । सार्वजनिक गीतमा राजनराज शिवाकोटीको संगीत छ । शब्द राजेन्द्र थापाले लेखेका छन् ।

फिल्ममा सबैजसो मुख्य कलाकार फिचर गीतमा स्वर संगीतकार रहेका शिवाकोटीसँगै अञ्जु पन्तको छ । भिडियोमा कोरियोग्राफी कविराज गहतराजको छ । एरेञ्जको काम शैलेन्द्र प्रधानले गरेका छन् । निर्देशक किशोर भण्डारी ‘डिट्ठासाब’ले सार्वजनिक गीतलाई फिल्मको कथा र परिवेश सुहाउँदो भनेका छन् । पुर्णतः कमेडी फ्लेभरको फिल्मलाई लिएर निर्देशक भण्डारी आशावादी देखिए ।

बुद्धि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारी ‘चङ्गा’मा लिड अभिनयमा छन् ।

फिल्ममा राजनराजसँगै कमल खत्रीको संगीत समावेश छ भने क्यामेरा रविन आचार्यले चलाएका छन् । निर्देशक भण्डारीकै कथा समावेश फिल्मको निर्मात्री कलाकार समेत रहेकी रेश्मा नै हुन् । कार्यकारी निर्मातामा प्रकु पाण्डे छन् ।