Logo Side
Logo Side
Mobile Ads After Nav

पहिलो पटक मिडियामा बल्छिको जोडि (भिडियो)

पहिलो पटक मिडियामा बल्छिको जोडि (भिडियो)

चर्चित हाँस्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) हालै विवाह बन्धनमा बानिएका छन् । विगत लामो समयदेखि हाँस्य टेलिसिरियल (मेरी बास्सै) मा काम गर्दै आएका मरिचमान श्रेष्ठ अहिले पनि सोहि टेलिसिरियलमा व्यस्त छन् ।

बल्छिले लमजुङ भोटेओडारकी करुणा खड्कासँग प्रेम बिवाह गरेका हुन् । विगत ६ बर्ष देखिको लामो प्रेमलाई बिवाहमा बदलेका हुन् ।शुक्रबार काठमाण्डौको म्हेपि मन्दिरमा परम्परा अनुसार बिवाह गरेका हुन् ।

बल्छिले आजभन्दा ६ बर्ष अघि सिताराम कट्टेलसँग लमजुङको एक कार्यक्रममा जाँदा करुणासँग चिनजान भएको बताए । ‘कार्यक्रमको सिलसिलामा धुर्मुस दाईसँग लमजुङ जाँदा करुणसँग परिचय भयो, पछि कुराकानी हुँदै जाँदा मायाप्रेममा परियो’, बल्छिले भने । करुणाले मनमिल्ने मान्छे पाएकोमा निकै खुसी भएको बताउँछिन् ।

फेवाटाम्सका लागि नवराज भण्डारीसँगको रमाइलो कुराकानीमा मरिचमान श्रेष्ठ भन्छन् “हाम्रो लभ बच्चै देखि परेको हो” ।