काठमाडाैं - सरकारले काेराेनाकाे आशंकामा ६० हजार ३ सय ७४ जनाको नमूना परीक्षण गरिसकेकाे छ। जसमा १२ हजार ५ सय ७७ जनाको पिसिआर र ४७ हजार ७ सय ९७ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयले आज गरेकाे प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लाे २४ घण्टामा १ हजार ४ सय ६१ जनाको नमूना परीक्षण भएको बताएका छन्। जसमा आज थप नयाँ दुई संक्रमित भेटिएका छन्। रुपन्देहीमा २५ वर्षीय र नेपालगन्जमा ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हाे। देबकाेटाका अनुसार उनीहरुसमेत गरी हाल ४३ जना संक्रमितहरु विभिन्न अस्पतालमा उपचाररत छन्।
मन्त्रालयकाे तथ्याङ्क अनुसार, अहिले मुलुकभर हाल २४ हजार ९ सय ७ जना क्वारेन्टाइनमा छन् भने काठमाडौं उपत्यकाभित्र ५ र बाहिर ८९ गरी कुल ९४ जना आइसोलेसनमा रहेका छन्।