काठमाडाैं - नेपालमा आइतबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। याे सँगै संक्रमितकाे संख्या ६ सय ३ पुगेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौँमा थप एकजनासहित १९ जनामा संक्रमण देखिएको बताए। मन्त्रालयका अनुसार, नयाँ संक्रमण देखिएका मध्ये सबैभन्दा धेरै रुपन्देहीका छन् । आज त्यहाँ ६ जनामा संक्रमण देखिएकाे हाे ।
यसैगरी कपिलवस्तु र पर्साका तीन तीन जना संक्रमित भएका छन् भने काठमाडाैंसहित माेरङ्ग, बारा, राैतहट, सर्लाही, नुवाकाेट र गुल्मीका एक एक जनामा संक्रमण देखिएकाे छ । काठमाडाैंकाे साेह्रखुट्टेका व्यक्तिमा संक्रमण देखिएकाे हाे । काठमाडाैं, विराटनगर र भैरहवामा गरिएकाे परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएकाे हाे ।
हालसम्म संक्रमित भएका ६ सय ३ जनामध्ये ५ सय २४ जना पुरुष छन् भने ७९ जना महिला छन् । संक्रमित हुने जिल्लाकाे सुचीमा नुवाकाेट थपिएकाे छ । हालसम्म ४२ जिल्लामा काेराेनाकाे संक्रमण देखिइसकेकाे छ ।
तीमध्ये ८७ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने ३ जनाको मृत्यु भएको छ।