नेपालमा कोरोनाभाइरस संक्रमणका कारण ११ औँ व्यक्तिको मृत्यू भएको छ। क्वारेन्टिनबाट घर फर्कने क्रममा गत २२ गते मृत्यू भएका सुर्खेतका २८ वर्षिय यूवकको पिसिआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले जानकारी दिए।
जेठ ८ गते भारतबाट नेपाल आएका ति यूवक १४ दिन स्थानिय क्वारेन्टिनमा बसेका थिए। त्यहा आरडिटी टेस्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो। घर पुगेकै दिन उनको मृत्यू भएपटि स्वाब संकलन गरेर परिक्षणका लागि पठाइएको थियो।