पछिल्लो २४ घण्टामा नेपालमा ३ सय २३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो सँगै नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप २ सय ८६ जना पुरूष र ३७ जना महिला संक्रमितहरु भेटिएको पुष्टि गरे।
यस्तै पछिल्लो बिवरणअनुसार थप ४३ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन्। यससँगै कोरोनाभाइरस संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज हुनेका संख्या ३ सय ६५ पुगेको छ। निको हुनेमा २ सय ९९ जना पुरूष र ६६ जना महिला रहेका छन्।