काठमाडौं – काठमाडौंको महाजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा तीन जना कोरोना संक्रमित फेला परेपछि अस्पताल सिल गरिएको छ । शनिबार काठमाडौंमा चार जना कोरोना संक्रमित फेला परेका थिए । जसमध्ये तीन जना प्रहरी अस्पतालमा उपचाररत बिरामी थिए ।
अहिले सङ्क्रमितको सम्पर्कमा आएका ३० जना चिकित्सक र नर्सलाई क्वारेन्टाइनमा राखिएको छ। नेपाल प्रहरी अस्पताल प्रमुख एआइजी आशा सिंहका अनुसार अस्पताललाई डिसइन्फेक्ट गरेर सञ्चालनमा ल्याइनेछ ।
अहिले दुई जनालाई सशस्त्र प्रहरीको बलम्बुस्थित कोरोना विशेष अस्पतालमा लगिएको छ । बाँकी एक जनालाई भने त्रिवि शिक्षण अस्पताल टिचिङ अस्पताल लगिएको छ ।
जेठ ६ गते महानगरीय प्रहरी वृत्त कालीमाटीमा खटिएका दुई प्रहरीमा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि वृत्त नै सिल गरेर डिएसपी सहित २ सय ३१ जना प्रहरीको कोरोना परीक्षण गरिएकाेमा सबैको रिजल्ट नेगेटिभ अाएकाे थियाे।