काठमाडाैं– जनता समाजवादी पार्टी (जसपा)मा तीन अध्यक्ष रहने भएको छ। समाजवादी र राजपाका शीर्ष नेताहरु बिच भएको आइतबार (आज)को बैठकले राजपाका महन्थ ठाकुर, समाजवादीबाट उपेन्द्र यादव र डा. बाबुराम भट्टराई अध्यक्ष रहने भएका हुन्।
नयाँ समझदारीअनुसार उक्त पार्टीमा राजेन्द्र महतो, अशोक राईलगायतलाई समेटेर अब पाँच जनता पदाधिकारी रहनेछन् । पाँच सदस्यीय पदाधिकारी बनाएर दल दर्ताका लागि आजै निर्वाचन आयोगमा जाने विषयमा छलफल भइरहेको जनाइएको छ।
राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकता भएको हिजो शनिबार ४५ दिन पुगिसकेको छ । १० बैशाखमा एकीकरण भएसँगै आयोगमा एकताको जानकारी दिएको शनिबार बिदा परेकोले आजसम्म म्याद बाँकी छ ।
राजनीतिक दल सम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपी संलग्न गरेर निर्वाचन आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ ।