काठमाडौं— पछिल्लाे २४ घण्टामा थप १ सय २ जना डिस्चार्ज भएका छन्। याे सँगै डिस्चार्ज हुनेकाे सँख्या ४ सय ६७ पुगेकाे छ।
स्वास्थ्य मन्त्रालयका प्रबक्ता विकास देबकाेटाका अनुसार देशका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत १०२ कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन्। जसमध्ये २ महिला र एक सय जना पुरुषहरु रहेका छन्।
स्वास्थ्य मन्त्रालयकाे तथ्याङ्क अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका १२ , कलैया अस्पताल बाराबाट बाराका ३४ , बलम्बु अस्पतालबाट महोत्तरीका १ , बुटवलबाट रुपन्देही र कपिलवस्तुका २७ , दाङबाट १० जना र गौरको नर्सिङ इन्स्टिट्युटबाट रौतहटका १८ जना डिस्चार्ज भएका छन्।
प्रदेशिक बिबरण अनुसार हालसम्म प्रदेश १मा ९१, प्रदेश २मा १८६, बागमती प्रदेशमा ३२ र गण्डकी प्रदेशमा ३ जनाले कोरोना संक्रमण जितेका छन्। त्यसैगरी, प्रदेश ५ मा १३३ र कर्णाली प्रदेशमा ९ मा सुदुरपश्चिम प्रदेशमा १३ जनाले कोरोना संक्रमण जितेका छन्।