काठमाडाैं - नेपालमा पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले थप दुई जनाको मृत्यु भएको पुष्टि गरे। मृत्यु हुनेमा दुवै जना कैलालीका रहेका छन् ।
प्रवक्ता गौतमका अनुसार कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। त्यस्तै कैलालीकै लम्की चुहा २ की ४३ वर्षीय महिला को पनि कोरोनाकै कारण मृत्यु भएको हो।