Logo Side
Logo Side
Mobile Ads After Nav

वाम गठबन्धनसँग अवसर र चुनौती दुवै छन् – प्रचण्ड

वाम गठबन्धनसँग अवसर र चुनौती दुवै छन् – प्रचण्ड

पुस ३०, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनसँग अहिले अवसर र चुनौती दुवै रहेको बताएका छन् ।

देशभक्त गणतान्त्रिक मञ्चद्धारा राजधानीमा आयोजित कार्यक्रमा प्रचण्डले यस्तो बताएका हुन् ।

वामगठबन्धनको सरकार बनेपछि देशमा स्थायित्व, विकास र सुशासन कायम गर्ने प्रचण्डले बताए । देशले थुप्रै प्रकारका समस्या झेलेर अहिले सही ट्र्याकमा आएको उनले बताए ।

‘एक वर्ष अगाडिको समयलाई हामीले कल्पनासमेत गर्न सक्दैनौँ । सविधान त घोषणा भयो तर कार्यन्वयन हुने हो कि होइन ? भन्ने प्रश्न निक्कै पेचिलो थियो ।’ प्रचण्डले भने, ‘मधेसमा आन्दोलन र छिमेकसँगको सम्बन्ध चिसिएको थियो । देशको आर्थिक स्थिति निक्कै ऋणात्मक थियो ।’

उनले सविधान कार्यन्वयन नहुँदा राजनीतिक शून्यताबाट देशको भविष्य, राष्ट्रिय एकता र भौगोलिक अखण्डता के हुने भन्ने प्रश्न चिन्तित बनाउने गरेको बताए । प्रचण्डले गम्भिर प्रश्नको समाधान भइसकेको जिकिर गरे ।

प्रचण्डले आफ्नै जिवनबारे यसो भने...

आफ्नो जीवन निकै उतारचढावपूर्ण रह्यो । २०४६ सालको जनआन्दोलन पहिला सानो पार्टीको महासचिव भएको थिएँ । तुरुन्तै धेरै पार्टीहरु मिलाएर एकता केन्द्र मशाल बनाएँ । त्यो पाँच वर्ष संसदको उपयोग गरेपछि १० वर्ष जनयुद्धको नेतृत्व गरे ।

तत्कालिन ७ राजनीतिक दलबीच १२ बुँदे समझारी र विस्तृत शान्ति सम्झौता भयो । देश लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित भयो । गणतन्त्र आउँदासम्म पनि सविधान बन्ने होररररहोइन ? निकै कठिन थियो ।

धेरै ठूला अप्ठ्यारा, जटिलता तोड्दै सविधान घोषणा त गर्‍यौँ । तर, कार्यन्वनको पाटो फलामको चिउँरा चपाए जत्तिकै चुनौती र सकसपूर्ण थियो । यस्ता, अनेकन प्रकारका चुनौती र झमेलको सामना गर्दै स्थानीय तह देखि प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको भएको छ ।

स्थिर र बलियो कम्युनिष्ट सरकार बनाउने अवस्थासम्म आइपुग्यौँ। यी घटनाक्रमलाई स्पष्ट विम्ब अर्थात् चित्रमा देख्न सकिन्छ भने नेतृत्वको जिवन पनि निकै उतारचढावपूर्ण रहेको स्पष्टमा चित्र देख्न सकिन्छ । आजको नयाँपत्रिकामा खबर छ ।