Logo Side
Logo Side
Mobile Ads After Nav

अन्नपूर्ण सोमवार, मंसिर ४, २०७४ 910 पटक पढिएको

अन्नपूर्ण सोमवार, मंसिर ४, २०७४ 910 पटक पढिएको

अन्नपूर्ण सोमवार, मंसिर ४, २०७४  910 पटक पढिएको

विराटनगर: प्राज्ञ एनपी (नारायणप्रसाद) आचार्यले कवि राधिका गुरागाईको कवितासंग्रह 'प्रतिबिम्ब हराएको मान्छे' र गोकुल अधिकारीको कवितासंग्रह 'अक्षरको घर' ले वर्तमान समाजको चित्रण गरेको बताए।

नेपाली लेखक संघ मोरङले शुक्रबार आयोजना गरेको दुई कृति चर्चाका क्रममा उनले दिदीभाईका कविताहरुमा बिम्बको अधिक प्रयोग भएकाले कतिपय कविताको भाव पक्ष ओझेलमा परेको औंल्याए।

पूर्वाञ्चल साहित्य प्रतिष्ठान बिराटनगरबाट प्रकाशित कृतिमा कविराज न्यौपानेले कवितामा समाजको यथार्थ चित्रण समेटिएको टिप्पणी गरे। प्राज्ञ विवश पोखरेलले एउटै परिवारबाट सिर्जना भएको भन्दै दुवैको लेखनशैली समेत मिलेको बताए।

कवि राधिकाले आफू प्रकृतिप्रेमी भएकाले कवितामा प्रकृतिको वर्णन बढी हुन सक्ने जानकारी दिइन्। गोकुलले भने वर्तमान सामाजिक अवस्थासँगै कविताहरुमा देशको भविष्यको अपेक्षालाई पनि चित्रण गरेको बताए।

अन्तक्र्रियामा दधिराज सुवेदी, रमाप्रसाद रिजाल, गंगा सुवेदी, हरि बराल, बद्री भिखारी, सीमा आभास, गायत्री चापागाई, चुडामणि नेपाललगायतले कृतिबारे बोलेका र कृतिभित्रका कविता वाचन गरेका थिए।