Logo Side
Logo Side
Mobile Ads After Nav

किर्तीमानी लायन्स क्लवको अध्यक्षमा बख्रेल

‘संस्थाको शानलाई अझै उच्च बनाउने प्रयास गर्नेछौ ।’ - बख्रेल

किर्तीमानी लायन्स क्लवको अध्यक्षमा बख्रेल  तस्विरः रिषभ ओझा
काठमाण्डौ, १४ चैत । किर्तीमानी लायन्स क्लव, लायन्स क्लव अफ काठमाण्डौ नेपालको नयाँ नेतृत्व सुदिप चन्द्र बख्रेलले निर्वाह गर्ने भएका छन् । केहि साताअघि मात्र एकै स्थानबाट ८ घण्टाभित्र सर्वाधिक रक्तदान गराएर विश्व किर्तीमान बनाउन सफल यस क्लवको बुधबार सम्पन्न बैठकले बख्रेललाई लायन्स वर्ष २०१८-१९ का लागि अध्यक्ष चयन गरेको हो । क्लवको प्रथम उपाध्यक्षमा रवी धमला, द्वितीय उपाध्यक्षमा कुन्दन खड्का, तृतिय उपाध्यक्षमा राजकुमार राई, सचिवमा सुरज खनाल, सह-सचिवमा रीता गुरुङ्ग, कोषाध्यक्षमा सुनिल रिजाल, सह-कोषाध्यक्षमा कल्पना चापागाँई, मेम्वरसिप चेयरपर्सनमा रीता राई, पब्लिक रीलेसन अफिसरमा दिपक श्रेष्ठ, टेल ट्विस्टरमा उमेश गुरुङ्ग, टेम्बरमा अन्वेषक चन्द चयन भएका छन् ।
क्लवका अध्यक्ष अखिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले बख्रेललाई नेतृत्व हस्तान्तरण गर्ने निर्णय गरेको हो । अध्यक्ष श्रेष्ठले नयाँ कार्यसमितीका पदाधिकारीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । आगामी महिनापछि नेतृत्व सम्हाल्न लागेका बख्रेलले भने -‘समाजसेवीहरुको अन्तराष्ट्रिय फोरमको रुपमा विशिष्ठ पहिचान बनाएको संस्थाको शानलाई अझै उच्च बनाउने प्रयास गर्नेछौ ।’ व्यस्त समयका बावजुद समाजका लागि पनि समय दिनु सबैको कर्तव्य रहेको उनको भनाई छ । ‘रक्तदान कार्यक्रम गरेर हामीले आफ्नो क्लवको मात्र होइन नेपालकै नाम उच्च बनायौ ।’ आफ्नो योजना सुनाउदै बख्रेलले भने -‘आगामी कार्यसमितीले अझै राम्रो गर्नेछ भन्नेमा सबैलाई विश्वस्त हुन आग्रह गर्दछु ।’