Logo Side
Logo Side
Mobile Ads After Nav

बौद्धमा खुल्यो जानुका एजुकेशन फाउन्डेसनको नयाँ शाखा

बौद्धमा खुल्यो जानुका एजुकेशन फाउन्डेसनको नयाँ शाखा

काठमाडौँ – विगत साँढे दुई वर्ष देखि काठमाडौँको तिनकुनेबाट एब्रोड स्टडीका लागि गुणस्तरीय सेवा प्रदान गर्दै आएको जानुका एजुकेसन फाउन्डेसन (जेइएफ) कन्सल्टेन्सीले आफ्नो सेवा विस्तार गरेको छ । वडाअध्यक्ष दिपेन्द्र लामा ,हार्बर कलेजका इन्टरनेसनल मार्केटिंग डाइरेक्टर सुमन भेटवाल लगायतको संयुक्त उपस्थितिमा जेइएफ कन्सल्टेन्सीको चैत्र १७ शनिबार एक औपचारिक कार्यक्रमका बीच बौद्धमा नयाँ शाखाको उद्घाटन गरेको हो ।

विद्यार्थीहरुलाइ अष्ट्रेलिया , जापान लगायत युरोपियन देशमा अध्ययन गर्न जानको लागि भाषा कक्षा संचालन गर्न, परामर्श र भिसाको लागि समन्वय गर्ने उद्देश्यले जेइएफ कन्सल्टेन्सीले बौद्धमा शाखा स्थापना गरेको जेइएफका संचालक सुरज केसीले बताए ।

छोटो समयमै करिब सय विद्यार्थीलाई अध्ययनकालागि बाहिरी देशमा पठाउन कन्सल्टेन्सी सफल भएको केसीले जानकारी दिए । जेईफ बाट स्टडीका लागी प्रोसेस गरेका लगभग सबैलाइ आफ्नो कन्सल्टेन्सीले सफलतापुर्वक सेवा दिई विदेश पठाएको उनले जानकरी गराए । उनले भने, ‘जेइएफ कन्सल्टेन्सीबाट सेवा लिएका सबैजसो विद्यार्थीहरु यहाँको सेवाबाट खुशी छन् ।

बौद्द तथा त्यस वरपरका स्थानका बिद्यार्थीहरुले पुतलीसडक , बागबजार , बानेश्वर धाइरहनुनपरोस र त्यहाँको भन्दा अझै राम्रो सेवा सुबिधा आफुहरुले नयाँ शाखाबाट विस्तार गर्ने उदेश्यका साथ उक्त स्थान रोजेको केसीको भनाइ छ । उनले आगामी दिनमा काठमाडौँमा मात्र नभएर अरु जिल्लाहरुमा पनि आफ्नो सेवा विस्तार गर्ने बताए ।

यस कन्सल्टेन्सीले अष्ट्रेलिया, जापान र युरोपियन देशहरुमा पढ्न जाने विद्यार्थीहरुलाई विभिन्न परामर्श, वर्कशप दिंदै त्यहाँ सेटल हुनको लागि समेत सहयोग गरेको केसीले बताए । विद्यार्थीहरुलाई गुणस्तरीय सेवा दिने र विद्यार्थी तथा माइग्रेन्टलाई बाहिरी देशमा सेटल हुन सघाउ गर्न आफु र जे ई एफ संधै तत्पर रहेको पनि उनले बताए ।