Logo Side
Logo Side
Mobile Ads After Nav

डलर ठगी गर्ने व्यक्ती कारागार चलान

डलर ठगी गर्ने  व्यक्ती कारागार चलान

चैत २१, काठमाडौँ – महानगरीय प्रहरी वृत्त वौद्धले डलर ठगी गर्ने एक व्यक्तीलाई पुर्पक्षका लागी जेल चलान गरेको छ ।

गत फागुन महिनाको २५ काठमाडौँ जिल्ला कागेश्वरी मनोहरा न.पा. ५ थली बाट पक्राउ गरी अनुशन्धान कार्य पश्चात चैत्र २० गतेको सम्मानित जिल्ला अदालत काठमाडौँको आदेशले निज प्रतिवादीलाई पुर्पक्षका लागी केन्द्रीय कारागार जगन्नाथदेवलमा पठाइएको अनुसन्धान अधिकृत प्रहरी निरिक्षक भुपेन्द्र गिरीले जानकारी दिए ।

प्रकाउ पर्नेमा सिन्धुपाचोक जिल्ला वाह्रविस न.पा. ४ घर हुने दिलीप तामाङ रहेका छन् । उनले आफ्नो साथमा अमेरीकन डलर रहेको सस्तो नेपाली रुपैयामा सटहि गरी दिन्छु भनी कागजलाई पैसाको आकारमा काटी गड्डी बनाई ठगी गर्ने गरेको तथ्य अनुशन्धानको क्रममा खुलेको छ । पक्राउ परेको दिन समेत निज प्रतिवादी दिलीप तामाङले म संग अमेरीकन डलर छ साट्न आउनु भनी पटक पटक फोन गरी भिम प्रसाद गौतमलाई काठमाडौँ स्थित थलीमा बोलाएर चौध लाख पचास हजार रुपैया लिई डलरको सट्टा कागजको गड्डी दिई भागी फरार भएका थिए । जाहेरी सुचना भए पश्चात यस कार्यालय तथा केन्द्रीय अनुशन्धान व्युरो मार्फत अभियुक्त पक्राउ परेका हुन् ।

तामाङको देशै भरी ठगीको ठुलो सञ्जाल रहेको कुरा अनुशन्धानवाट खुलेको छ । निज अभियुक्तले जाहेरवाला सहित पदम बहादुर वानियालाई समेत १२ लाख नेपाली रुपैया दिनु म डलर दिन्छु भनी ठगी गर्ने प्रयास गरेको तथ्य खुल्न आएको र राजेन्द्र लिम्बु भन्ने ब्यक्तीको समेत रु १२ लाख सोही बमोजिम ठगी गरेको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धादीङ समेतले अनुशन्धान जारी राखेको छ ।