Logo Side
Logo Side
Mobile Ads After Nav

सर्वेन्द्र खनालः आईजीपीका निर्विकल्प दावेदार ( सम्बन्धित भिडियो सहित)

सुदिपचन्द्र बख्रेल

सर्वेन्द्र खनालः आईजीपीका निर्विकल्प दावेदार  ( सम्बन्धित भिडियो सहित)

काठमाडौं । मुलुकले २६ औ प्रहरी महानिरीक्षक (आईजीपी) पाउने दिन नजिकीदै छ । चैत २९ गते सेवा अवधि सकिएर आईजिपी प्रकाश अर्यालले अवकाश पाएपछि नयाँ आईजी छनोट हुनेछ । प्रावधानअनुसार अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी)लाई बढुवा गरेर आईजीपी बनाउनुपर्ने हुन्छ । तर, अर्यालसँगै हालका बहालवाला १३ जना एआईजीपीले पनि नियमीत अवकाश पाउदै छन् । त्यसैले अहिलेका डिआईजीहरु मध्येबाट नयाँ आईजीपी छनोट गर्नुपर्ने हुन्छ, सरकारले ।

नयाँ आईजीपी चयन गर्ने सवालमा अहिले विभिन्न किसीमका अड्कलवाजी भइरहेका छन् । सरकारले नेपाल प्रहरीको सर्वोच्च पदको जिम्मेवारी कसलाई सुम्पिनेछ भन्ने अहिलेसम्म निक्र्यौल भइसकेको छैन् । यद्दपी, प्रावधानअनुसार भने एक नम्वरका एआईजीपी नभएपछि एक नम्वरका डिआईजीलाई आईजीपीको पदभार दिनुपर्ने हुन्छ । अहिले महानगरीय ट्राफिक प्रहरी महाशाखाको कमाण्ड सम्हालीरहेका डिआईजीपी सर्वेन्द्र खनाल एक नम्वरका डिआईजीपी हुन् । यहि नै सर्वेन्द्र खनाल नेपाल प्रहरीको २६ औँ आईजीपी हुने कानुनी आधार हो ।
यतीमात्र होईन, प्रहरी नियमावलीमा ‘ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने, एवम् मातहतको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामथ्र्यका आधारमा महानिरीक्षक पदमा बढुवा गरिने’ पनि भनिएको छ । प्रहरी सेवामा लागेदेखी नै आफुँलाई अव्वल सावीत गर्दै पाएको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्दै आएका खनाल प्रहरी नियमावलीको यो मापदण्डमा पनि खरो उत्रन्छन् । स्वच्छ छवी, स्पष्ट कार्यनीती, निडर प्रवृत्ती, समन्वयकारी स्वभावले गर्दा नै खनाल निर्विकल्प दावेदार हुन, आईजीपी पदको । 
यता, प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि कार्यसम्पादन, ज्येष्ठता र विगतको मूल्यांकनका आधारमा कानूनले निर्दिष्ट गरेका प्रक्रिया पूरा गरेर नै आइजीपी बढुवा गर्ने सोचमा छन् । विगतमा आईजीपी छनोटका बेलामा भएका बिवादहरुका कारण नेपाल प्रहरीको गरीमा ह्रास भएको ठहरका साथ यसपटक भने प्रहरीको चेन अफ कमाण्ड र अनुशासनलाई मध्यनजर गर्दै निर्णय गर्ने विषयमा प्रधानमन्त्री ओली अडिग रहेको बुझिएको छ । आईजीपीका लागि अहिले तीन डिआईजीको नाम चर्चामा छ, सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की । हाल डीआईजीको वरियतामा खनाल एक नम्बरमा छन् भने खरेल दुई र कार्की तीन नम्बरमा छन् । ईन्काउण्टर स्पेसलिष्टको रुपमा पनि चिनिने खनालको परिचय संगठनभित्र चाँहि एक शालीन र बौद्धिक अफिसरको रुपमा स्थापित छ ।
उल्लेखीत तीनै डिआईजीपी क्षमताको हिसाबमा राम्रा प्रहरी अफिसर मानिन्छन् । तर, तुलनात्मक रुपमा खरेल र कार्कीभन्दा खनाल अव्वल छन् । आफुुले जिम्मेवारी पाएको कार्यक्षेत्रको सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न कुनै कसर बाँकी नराख्ने खनालले हरेक क्षेत्रमा कुनै न कुनै सामाजिक अभियानको थालनी गरेको इतिहास छ । कुख्यात भारतीय अपराधी बब्लु दुवेको पक्राउदेखि गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ को इन्काउन्टरसम्म गरेका खनालले नेपाली फुटबलको म्याच फिक्सिङको पर्दाफास मात्र गरेनन्, पेट्रोल पम्पमा चिप्स राखेर ठगी गर्ने गिरोहलाई समेत कानुनी कठघरामा उभ्याएका थिए । संगठनले खटाएको जुनसुकै ठाउँमा बस्दा समेत चेन अफ कमाण्ड मेन्टेन गरी प्रहरी संगठनको शिर उच्च राख्न सफल उनी आईजीपीका निर्विकल्प दावेदार हुन् ।
अब, हेर्नुपर्ने बिषय के हो भने, तत्कालिन एक नम्बरका डिआईजीपी नवराज सिलवाललाई पाखा लगाएर तल्लो बरीयताका जयबहादुर चन्दलाई आईजीपी बनाउँदा पहिलो बरीयताका डिआईजीपीलाई नै आईजीपी बनाउनुपर्छ भन्ने अडान लिएका तत्कालिन नेकपा एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री के.पी. शर्मा ओलीले यसपटक के गर्नेछन् । 
(यस विषयमा यूट्यूब च्यानल म्याक टिभि एचडिले सर्वसाधारणको धारणा बुझ्ने प्रयास गरेको थियो ।)