Logo Side
Logo Side
Mobile Ads After Nav

इक्यानको नेतृत्वको लागि पाण्डे र बस्नेत समूहद्वारा दावेदारी घोषणा

इक्यानको नेतृत्वको लागि पाण्डे र बस्नेत समूहद्वारा दावेदारी घोषणा

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नेतृत्वको लागि दुर्इ समूहले आफ्नो दावेदारी घोषणा गरेका छन्।

बैशाख ८ गते हुनलागेको इक्यान निर्वाचनका लागि अध्यक्ष पदका दावेदार द्वय विष्णुहरी पाण्डे र सरोजकुमार बस्नेत समूहले दावेदारी घोषणा गरेको हुन्।

पाण्डे समूहले एक औपचारिक कार्यक्रम गरी उम्मेदवारी घोषणा गरेको छ। तीन जना उपाध्यक्षका लागि वर्तमान कार्य समितिका प्रथम सचिव देवीदास भट्टराई, वर्तमान कोषाध्यक्ष खड्ग ताम्लिङ लिम्बु रसपना राजभण्डारीले उम्मेद्वारी दिएका छन्।

त्यस्तै चितवनमा एक कार्यक्रम आयोजना गरी बस्नेत समूहले पनि १८ सदस्यीय उम्मेदवार घोषणा गरेको छ। उक्त समूहको उपाध्यक्षमा राजेन्द्र रिजाल, महेशबाबु तिमल्सिना, उमेश ढुंगेलले उम्मेदवारी दिएका छन्। त्यस्तै, महासचिवमा सन्तोष प्याकुरेल, सचिवमा बिक्रम केसी, ज्ञानेन्द्रमान जोशीले उम्मेदवारी घोषणा गरेका छन् । कोषाध्यक्ष पदका लागि सूर्य डाँगी र सह–कोषाध्यक्षमा राकेश श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्।