Logo Side
Logo Side
Mobile Ads After Nav

नेपाल प्रहरीभित्रका एक अभियन्ता

अपराधीविरुद्ध हतीयार उठाउन नकाम्ने यिनको हात, समाजका लागि कुँचो-कोदालो समाउन पनि लजाउदैन

नेपाल प्रहरीभित्रका एक अभियन्ता

पुस १७ काठमाण्डौ । “सर्वेन्द्र खनाल एक काविल प्रहरी अफिसर मात्र होईनन्, कुशल अभियन्ता पनि हुन ।” करिव ३ वर्षअघि वीरगञ्जमा आयोजित एक कार्यक्रमका वक्ताहरुको भनाइ हो यो । विशेषगरी मधेसमा बिकराल समस्याको रुपमा देखीएको बालबिवाह तथा दाईजो प्रथाविरुद्ध खनाल (तत्कालिन अञ्चल प्रहरी कार्यालय, नारायणीको प्रमुख) ले शुरु गरेको अभियानको समिक्षाका लागि आयोजित “अन्त्य... सामाजिक अपराधका कारक तत्वहरुको” कार्यक्रममा सहभागि महिला अधिकारकर्मीलगायत बुद्धिजिवीहरुले खनाललाई अभियन्ताको सज्ञा दिएका थिए ।
गर्विलो इतिहास र प्रहरी संगठनभित्र पनि बलियो पहिचान बोकेका डिआईजी सर्वेन्द्र हाल महानगरीय ट्राफिक महाशाखाको प्रमुख भएर काम गरीरहेका छन् । भनिन्छ नि, “नानीदेखी लागेको बानि, कहिल्यै नजानी ।” जहाँ गएपनि उनी आफ्नो जिम्मेवारी त काविलताका साथ निर्वाह गर्छन् नै, साथै आफ्नो कार्यक्षेत्रको दायरामा पर्ने सामाजिक कामहरु (आम जनता र समाजलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभ पुर्याउने)मा पनि सकृय भएर लाग्छन् । जसले उनलाई दिइएको काविल प्रहरी अधिकृतका साथै अभियन्ताको संज्ञालाई सार्थक तुल्याउछन् । सामाजिक हितका लागि उनले गरेका दर्जनौ मध्येका ५ वटा कामहरु यहाँ प्रस्तुत गरीएको छ ।

१. सवारी चढ्दा लाइन बस्नुपर्नेः हुलहुज्जत, ठेलमठेलजस्ता दृष्य काठमाण्डौका बस बिसौनीहरुमा देखिने सामान्य दृष्य सरह हुन । तर, डिआईजी सर्वेन्द्रको आँखाले त्यसलाई सामान्य देखेन । “सडकमा हामीले देखाउने हाम्रो व्यवहार पनि हाम्रो सभ्यताको प्रतिक हो ।” भन्दै उनी आफँै सडकमा उत्रिएर सवारी चढ्दा लाईन बस्नुपर्ने नियम लागु गरे । जसले बृद्धबृद्धा, बालबालिका तथा शारीरीक रुपमा कमजोरहरुलाई प्रत्यक्ष फाइदा लाभ पुर्याएको छ । उनको यो कदमले निकै वाहवाही कमायो ।

3_1

२. सवारीमुक्त क्षेत्र घोषणाः डिआइजी सर्वेन्द्रको पहलमा हालसालै पशुपतीनाथ क्षेत्रका मुख्य स्थानहरु सवारीमुक्त क्षेत्र घोषणा भए । भने त्यसअघि पर्यटकिय क्षेत्र ठमेललाई पनि व्यवस्थित बनाउनका लागि केहि स्थानहरुलाई सवारीनिषेधित क्षेत्र निर्धारण गरेका थिए । ‘ट्राफिक व्यवस्थापनसँगै ऐतिहासिक, पौराणिक तथा सांस्कृतिक धरोहरको संरक्षण गर्नु हाम्रो कर्तव्य हो ।’ भन्दै उनी यो अभियानमा होमीएका थिए । जसको सकरात्मक असरहरु सबैले अनुभव गरीरहेका छन् ।

4

३. चक्रपथ सरसफाई अभियानः हुन त, शनिवार सरकारी विदा हो । तर, डिआईजी खनाल हरेक शनिवार विहानै उठेर चक्रपथ सरसफाई अभियानमा हिड्छन् । ट्राफिक व्यवस्थापनमा देखीएको समस्या मध्येको एक फुटपाथ अतिक्रमण र सडक र सडक आसपासका फोहोर व्यवस्थापनका लागि उनले यो अभियानको थालनी गरेका हुन् ।
महानगरीय ट्राफिक महाशाखाको प्रमुख भएलगत्तै डिआईजी सर्वेन्द्र खनालले धेरै राम्रा कामहरुको थालनी गरे । जसमध्येको एक चक्रपथ सरसफाई अभियान पनि एक हो ।

1

४. बालबिवाह तथा दाइजो बिरुद्धको अभियानः शान्ति, सुरक्षाको अभिभारा बोकेको नेपाल प्रहरीले समाजिक विकृतिबिरुद्धको अभियानको थालनी गर्नु आफँैमा सह्रानिय कुरा हो । बालबिवाह र दाईजोप्रथा अपराधका कारक तत्व हुन्, तर मधेसमा यसले संस्कृतिको रुपमा जरा गाडेको छ । यसका बिरुद्ध मधेसमा घरदैलो अभियान नै चलाउनु चानचुने कुरा पक्कै थिएन् । यद्धपी खनालले अभियानलाई वृहत रुपमा अघि बढाए । एकातिर मधेसमा हुने विभिन्न किसीमका अपराध न्युनिकरण गर्ने दायित्व, अर्कातिर विभिन्न किसीमका अपराध तथा हिंसाहरुमा कारक तत्वको रुपमा देखिने समाजमा बलियो जरा गाडेर बसेका सामाजिक कुरुतीहरुको विरुद्ध सर्वेन्द्र खनालले निर्वाह गरेको भुमिकाले नै उनलाई “मधेसके बेटा” को रुपमा चिनायो ।
(अभियानको सन्दर्भमा बनाइएको डकुमेन्ट्रि हेर्न दिइएको लिंकमा क्लिक गर्नुहोला)

५. हाम्रो वीरगञ्ज, राम्रो वीरगञ्जः आर्थिक नगरीको रुपमा चिनिने वीरगञ्जको सफाईमा उनले देखाएको तदारुकता पनि कुनै सामाजिक क्रान्तिभन्दा कम थिएन् । सडक छेउछाउ बनेका अनधिकृत घरटहरा व्यवस्थापन र सहरलाई दुर्गन्धित पार्ने फोहोर सरसफाईका लागि आफै सडकमा उत्रिएर गरेको कामले छोटो समयमा वीरगञ्जको मुहार परिवर्तन गर्यो । धनुषामा पनि यस्तै अभियान चलाएर जनताको मन जितेका थिए । आफ्नो कार्यक्षेत्रको सुरक्षा अवस्थालाई चुस्त दुरुस्त राख्दै सामाजिक कामहरुमा पनि अगुवाई गर्न भ्याएकाले समाजले उनलाई एक प्रहरी अफिसरभन्दा पनि आम जनताको साथीको रुपमा चिन्छ ।

6

अपराधी माझमा निकै कडक भएर प्रस्तुत हुने डिआईजी सर्वेन्द्र सामाजिक कामहरुको मामिला भने निकै सहज देखिन्छन् । अपराधीविरुद्ध हतीयार उठाउदाँ नकाम्ने उनका हात, जनताको कामका लागि कुँचो–कोदालो समाउन पनि लजाउदैन् । खनालभित्र भएका यस्तै खुबीहरुले गर्दा उनलाई एक अव्बल प्रहरी अधिकारीको पङ्तीमा पहिलो स्थानमा उभ्याएको छ । काविल प्रहरी अफिसरका साथै कुशल अभियन्ताको रुपमा चिनाएको छ ।

0000 SPEC