Logo Side
Logo Side
Mobile Ads After Nav

चिसोका कारण चार दिन विद्यालय बन्द

चिसोका कारण चार दिन विद्यालय बन्द

पुस २२, सिमरा (बारा) – अत्यधिक चिसोका कारण बाराका सामुदायिक तथा निजी विद्यालयहरु थप चार दिन बिदा दिने जिल्ला शिक्षा कार्यालय बाराले निर्णय गरेको छ ।

यसअघि जिल्ला शिक्षा कार्यालयले यही पुस १६ देखि २१ गतेसम्म विद्यालय बन्द गरी आइतबारबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । केही दिनयता चिसो र शीतलहर बढेपछि यही पुस २६ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

मौसम प्रतिकूल भई शिक्षण सिकाई कार्य प्रभावित भएकाले वर्षे बिदाबाट कट्टा हुने गरी थप चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको जिल्ला शिक्षा अधिकारी लालबाबु प्रसाद साहले बताउनुभयो ।