काठमाडौँ, १६ माघ – चलचित्र ‘धड्क’बाट डेब्यु गरेकी जाह्नवी कपुर नयाँ क्यारेक्टरका लागि तौल बढाउँदै छिन्। २०१८ को चलचित्र ‘धड्क’बाट उनले निकै राम्रो प्रस्तुति दिइसकेकी छन्। जाह्नवी अहिले इन्डियन एयरफोर्सकी पाइलट गुञ्जन सक्सेनाको बायोपिकमा व्यस्त छिन्। योसँगै उनका साथमा करण जोहारको मल्टिस्टार चलचचित्र ‘तख्त’ रहेको छ।
उनी अहिले गुञ्जनको बायोपिकमा निकै व्यस्त छिन्। जाह्नवी क्यारेक्टरमा आफूलाई उतार्न निकै मेहनत गरिरहेकी छन्। भारतीय सञ्चारका अनुसार जाह्नवी फिटनेस र डाइट कन्सियस गर्दै तौल बढाउने क्रममा छिन्। आफ्नो चरित्रलाई न्याय गर्न जाह्नवीे ७ केजी तौल बढाउँदैछिन्। आफूलाई आफ्नो भूमिकामा पोख्त बनाउन उनी गुञ्जनसँग भेट गरिरहेकी छन्। गुञ्जन भारतीय वायुसेनाकी पहिलो महिला हेलिकप्टर पाइलट हुन्।
गुञ्जनले सन् १९९९ मा कारगिल युद्धका क्रममा आफ्नो साथी लेफ्टिनेन्ट श्रीविद्या राजनसँग मिलेर धेरै घायल सैनिकको ज्यान बचाएकी थिइन्। उनी आफ्नो योगदानका कारण निकै प्रख्यात छिन्। साथै, उनलाई शौर्य चक्रबाट समेत पुरस्कृत गरिएको छ। यो पुरस्कार पाउनेमा उनी पहिलो महिला हुन्।