तस्वीरः अनलाइन खबरबाट
काठमाडौं–नायिका सुपुषा ‘छ माया छपक्कै’ पछि अझै चर्चामा आउँन थालेकी छिन्। केही दिनदेखि ठमेलको एक डिस्कोमा नायक आमिर गौतम र नायिका सुपुष्पा भट्ट रमाइरहेका छन्। वरिपरी रहेका अन्य यूवायूवतीको भिडमा उनीहरु आफ्नै तालमा नाँचिरहेका छन्। उनीहरुलाई आफ्नो वरिपरी को नाचिरहेको छ भन्ने पनि प्रवाहा छैन।
आमिर सुपुष्पा कहिले अंकमाल गर्छन् त कहिले सुपुष्पासँग रोमान्टिक हुँदा आमिर लजाउँछन्। माथि उल्लेखित दृश्य, रियल लाइफको भने होइन। मंसिर ५ गतेदेखि छायांकन भैरहेको चलचित्र ‘चपली हाइट ३’ का लागि यो दृश्य खिचिएको हो। निकेश खड्काको निर्देशनमा तयार भैरहेको चलचित्रमा स्वस्तिमा खड्का, महेश त्रिपाठी पनि छन्। नायिका सुपुष्पा भट्टले आफू साथीहरुसँग कहिलेकाही डिस्को आउने गरेको बताइन्। निर्माता अर्जुन कुमार, केटा–केटीको भेट हुने र प्रेम विस्तार हुने दृश्यलाई डिस्कोमा खिचिएको बताउँछन्।
चैत्र २८ गतेबाट रिलिज हुने यो चलचित्र सस्पेन्स थ्रिलर कथामा निर्माण भैरहेको छ। पुरुषोत्तम प्रधानले चलचित्र खिचिरहेका छन्। यो चलचित्रलाई निर्माण टिमले नयाँ बर्षको उपहारमा रुपमा पनि भन्दै आएको छ।