काठमाडौं –आज मंगलबार दिउँसो त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरेका छन्।
अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरले शल्यक्रियाको औपचारिक जानकारीमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अस्थिर रहेको जनाएको छ।
ओली नियमित फलोअपका लागि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोमा गएका थिए। स्वास्थ्य परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गरिएको हो। मिर्गौमा समस्या देखिएपछि २ दिनअघि मात्र उनको चौथो पटक डायलासिस गरिएको थियो।