काठमाडौं — डिप्रोक्स लघुवित्तको प्रबन्धकमा हेमकुमार काफ्ले नियुक्त भएका छन्।
मंसीर ११ गते देखि लागू हुने गरी उनलाई प्रबन्धकमा नियुक्त गरिएको हो। डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत अमराज खड्का पदबाट हटेका छन्।
मंसिर ४ गते बसेको संचालक समितिको बैठकले खड्काको राजीनामा स्वीकृत गरेपछि उनी पदमुक्त भएका हुन्।