काठमाडौँ - मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले मोबाइल रिचार्जमा आकर्षक बोनस दिइरहेको छ। कम्पनीले एक सयदेखि हजार रुपैयाँसम्मको रिचार्जमा बोनसको रुपमा डाटा, टक टाइम र एसएमएस उपलब्ध गराउन थालेको हो।
पाँच सयको रिचार्जमा ४९०.२ रुपैयाँ ब्यालेन्सको साथमा तीन जीबी डाटा, सय मिनेट टकटाईम र सय ओटा एसएमएस बोनसको रुपमा पाउनेछन्। यसैगरी एक हजार रुपैयाँको रिचार्ज गर्दा ग्राहकले ९८०.४ रुपैयाँ ब्यालेन्सको साथमा ६ जीबी डाटा, दुई सय मिनेट टकटाईम र दुई सय एसएमएस निःशूल्क रुपमा उपयोग गर्न पाउने कम्पनीले जनाएको छ।
त्यस्तै, कम्पनीले सय रुपैयाँको रिचार्जमा ९८.०४ रुपैयाँ ब्यालेन्सको साथमा ४ सय एमबी डाटा, १० मिनेट टकटाइम र १० ओटा एसएमएस दिइरहेको छ। यसैगरी दुई सय रुपैयाँको रिचार्जमा १९६.०८ रुपैयाँ ब्यालेन्सको साथमा आठ सय एमबी डाटा, २० मिनेट टकटाइम र २० ओटा एसएमएस बोनसको रुपमा पाउने कम्पनीले जनाएको छ।
यद्यपी, एक सय रुपैयाँको रिचार्जमा प्राप्त भएको बोनस सात दिन, दुई सयको १५ दिन, पाँच सयको ३० दिन र हजारको रिचार्जमा प्राप्त भएको बोनस पनि ३० दिनसम्मको लागि मात्र प्रयोग गर्न पाइने छ।