काठमाडौं–नायिका सुपुष्पा भट्ट अहिले निर्माता र निर्देशको रोजाईँमा पर्न थालेकी छिन्। चलचित्र ‘रणवीर’ डेब्यू नायिका सुपुष्पा भट्ट दोश्रो चलचित्र ‘छ माया छपक्कै’ मा विशेष भूमिका गरेरपछि झनै चर्चामा छिन्। तर, सुपुष्पालाई भने आफू दर्शकमाझ नोटिस भएको भन्ने लाग्दैन।
उनी भन्छिन्,‘मलाई अझै पनि दर्शकले नोटिस गर्नुभएको छ भन्ने नै लाग्दैन। म आफूले सक्ने बेष्ट दिने प्रयासमा छु।’ सुपुष्पा गतबर्ष रिलिज भएको चलचित्र ‘रणवीर’ असफल भएपनि चलचित्रकर्मी र मिडियाकर्मी माझ भने नोटिस भएकी थिइन्। यसैले, उनी अहिले तेश्रो चलचित्र ‘चपली हाइट–३’ मा काम गरिरहेकी छिन्। यसले के देखाउँछ भने उनको व्यस्तता बढ्दैछ। यो चलचित्रमा सुपुष्पा बोल्ड अवतारमा छिन्। तर, उनी आफूलाई बोल्ड भन्न रुचाउँदिनन्। नायिका भन्छिन्। ‘म बोल्ड छैन। हरेक चलचित्रमा फरक भूकिमा गरुँ भन्ने चाहना मेरो पनि छ।
यही अनुसार, ‘चपली हाइट–३’ मा केही फरक भूमिका भने गर्दैछु।’ सुपुष्पाले चलचित्र क्षेत्रमा आफ्ना प्रतिस्पर्धी कोही नभएको बताइन्। भनिन्,‘म कसैसँग प्रतिस्पर्धा छ भन्ने सोच्दिनँ। आफ्नो काम राम्रो होस् भन्नेमा म केन्द्रित हुन्छु।’ चैत्र २८ गतेबाट रिलिज हुने चलचित्रलाई लिएर उनी आफू उत्साहित भएको बताउँछिन्।