एजेन्सी–बलिउड अभिनेत्री तथा पूर्व मिस वर्ल्ड प्रियंका चाेपडा हलिउडमा पनि प्रवेश गरेकी छिन्। उनी अमेरिकी गायक निक जोनाससँग विवाह–बन्धनमा बाँधिएको डिसेम्बर १ मा एक वर्ष पुग्दैछ। मानिसहरूले उनीहरूको जोडीलाई निक्कै ध्यान दिने गरेका छन्। त्यसैकारणले गर्दा उनीहरूको रोमान्टिक तस्विरहरू सामाजिक संजालमा भाइरल भइराखेका छन्।
हालै प्रियंकाले निकलाई लिएर एउटा खुलासा गरिन जसको खुलासाले धेरैलाई अचम्म पारेको छ। ‘प्रो म्यूजिक काउन्टडाउन’ मा उनले निकसँग कहिले पनि युगल गीत नगाउने बताएपछि धेरेलाई असम्ममा पारेको हो। प्रियंकाले यसको कारण पनि खुलाएकी छन्।
‘म उनको अगाडि गाउने हिम्मत गर्नै सक्दिन। उनी सानैदेखि गीत गाउने, लेख्ने गर्दै आएका छन्। उनी संगीत बनाउँछन। तर मसँग त्यस्तो गर्ने ज्ञान छैन। मलाई गीत संगीत एकदमै मनपर्छ’, उनले भनिन्, ‘तर म उनीसँग कहिले युगल गीत गाउने छैन। म प्रत्येक दिन बिहान उठ्दा पियानोमा मेरा लागि गीत गाइरहेका हुन्छन्। मलाई रेडियो बजाउने आवश्यक्ता नै पर्दैन।’