एजेन्सी–बलिउड नायिका कंगना रनौत हाल तमिलनाडुकी दिवंगत पूर्व मुख्यमन्त्री जयललिताको जीवनीमा आधारित ‘थलाइवी’ का लागि कडा मेहेनत गरिरहेकी छन्। यसै साता सिनेमाको टिजर तथा तस्विर समेत सार्वजनिक भयो। सार्वजनिक टिजर तथा पोस्टरबाट कंगनाले राम्रो प्रतिक्रिया बटुलिरहेकी छन्। यो नै सिनेमाको लागि सकारात्मक प्रतिक्रिया पनि हो।
सार्वजनिक गरिएको पोस्टर लुकमा त उनलाई चिन्न मुश्किल नै पर्छ। कसरी भइन त कंगना त्यस्तो? यसको खुलासा उनले एक अन्तरवार्तामा गरेकी छन्। उनले सिनेमाको लागि करिब ६ किलो तौलसमेत बढाएकी छन्। मुम्बईको चर्चित पत्रिका मिड डेलाई दिएको अन्तरवार्तामा उनले सो लुकका लागि ‘हार्मोन पिल्स’ लिएको बताइन्।
‘यो आवश्यक थियो किनकी मलाई वजनदार देखिनु थियो। म अग्ली र पातली छु र अनुहार पनि गोलो छैन। त्यसैले अलिकति फरक देखिन ‘हार्मोन पिल्स’ लिनु आवश्यक भयो। यसका साथै तौल बढाउन मैले खाना पनि धेरै खान सुरू गरें’, उनले भनिन्। हिन्दीमा समेत रिलिज हुने सिनेमाको तमिल नाम ‘थलाइवी’ हुँदा हिन्दीमा भने ‘जया’नाम बाट रिलिज हुनेछ। सिनेमालाई ए.एल विजयले निर्देशन गरिरहेका छन्।