तस्वीरः अनलाइन खबरबाट
एजेन्सी–भर्खरै मात्र जापानमा सम्पन्न भएको ‘सूर्य इन्टरनेशनल फिल्म अवार्ड’ मा सहभागी भएर नायक अनमोल केसी र नायिका वर्षा राउत अमेरिका पुगेका छन्। उनीहरुले अमेरिकाको विमानस्थलमा एकसाथ तस्वीर लिएका छन्, जसलाई नायिका राउतले सामाजिक संजालमा पोष्ट गरेकी छिन्।
वर्षा र अनमोल अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजना हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा सहभागी हुँदैछन्। अनमोल यसअघि पनि यो अवार्डमा सहभागी भैसकेका छन् भने वर्षाले पहिलो पटक सहभागीता जनाउँदैछिन्। जापानमा आयोजना भएको अवार्ड समारोहमा यी दुबैले अवार्ड पाएपनि चर्चा भने खासै भएन। बरु, जापानमा आयोजित अवार्ड दर्शक नै नभएको भन्दै सर्वा्धिक आलोचित पनि भयो। यही अवार्डमा सहभागी हुनका लागि नायिका दीपिका प्रसाँई, निर्देशक दिवाकर भट्टराई पनि अमेरिका उडेका छन्।
नेपाली चलचित्रको व्यापार विश्व बजारमा खासै सुखद नभएपनि अवार्ड हुने क्रम भने झनै बढेको छ। कलाकारहरुले पनि अवार्डमा आफ्नो उपस्थिती जनाइरहेका छन्। अमेरिकामा हुन लागेको अवार्डमा वर्षा र अनमोलले अवार्ड पाएको खण्डमा, आश्चर्य नमान्दा हुन्छ। किनकि त्यहाँ पनि जापानको जस्तै दर्शकको सहभागिता नहोला भन्न सकिदैँन। ताकि जति जनाको उपस्थिती छ सबैले अवार्ड पाउने।