पोखरा– बुधवार(आज) पोखरामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)द्धारा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ।
मध्याह्न पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनीकेन्द्रमा आयोजना गरिएको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो।
उक्त सभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा उपाध्यक्ष बामदेव गौतम सम्बोधनका लागि पुगेका छन्। बम विस्फोट भएपनि नेकपाको कार्यक्रम भने चलिरहेको छ र प्रचण्डले सभालाई सम्बोधन पनि गरेका छन्र।
प्रहरीको अनुसार विस्फोटमा कुनै मानवीय क्षति भने भएको छैन्। तर पार्किङ गरि राखिएको बसमा भने विस्फोटले क्षति पुर्याएको छ।
मंसिर ९ गते सोमबार पनि पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्षको घरमा पार्किङ गरि राखिएको गाडीमा विस्फोट भएको थयिो।