एजेन्सी–एप्पलले भारतमा रहेको प्लान्टबाट आईफोन एक्सआर सिरिजको उत्पादन सुरु गरेको छ। सोही प्लान्टबाट उत्पादन भएको आईफोन एक्सआर भारतीय बजारमा सार्वजनिक गरिएको हो।
यसअघि एप्पलले क्यालिफोर्नियामा आइफोन बक्सको डिजाइन र चीनमा मोबाइलको एसेम्बल गर्ने गरेको थियो। अब भने एप्पलले एसेम्बल, उत्पानद लगाएतका सबै काम भारतमै गर्ने बताइएको छ।
विषेशगरी भारतीय बजारलाई लक्षित गर्दै एप्पलले भारतमा प्लान्ट स्थापना गरेको हो। कम्पनीको योजना अनुसार त्यहाँ उत्पादन भएका आइफोन नेपाल लगायतका छिमेकी राष्ट्रमा पनि विस्तारै निर्यात गर्ने रहेको छ।
उक्त आईफोन एक्सआर मंगलबार भारतको संघिय सुचना प्रविधि मन्त्री रविशंकर प्रसादले सार्वजनिक गरेको हो। उक्त कार्यक्रममा मन्त्री प्रसादले आईफोन बजार विस्तारका लागि सरकारले आवश्यक सहजीकरणको काम गरिरहेको बताए। उनले देशमा मोबाइल निमार्णलाई प्राथमिकता दिन सरकाले सहजीकरण गरिहरेको उल्लेख गरे।