काठमाडाैँ– १३ औं दक्षिण एसियाली खेलकुद–साग अन्तर्गतको भलिबल खेलको प्रत्यक्ष प्रसारण नेपालकै पहिलो र एक मात्र स्पोर्टस च्यानल एक्सन स्पोर्टस्मा हुने भएको छ।
मंसिर ११ गते देखी १७ गते सम्म नेपालमा हुने साग अन्तर्गतको भलिबल प्रतियोगिताका सम्पुर्ण खेलहरु डिशहोेमको एक्सन स्पोर्टस च्यानल नम्बर १०५ एसडी र च्यानल नम्बर ९९१ एचडीमा प्रत्यक्ष प्रसारण हुने भएको हो।
‘नेपालले खेल्छ, नेपालीले हेर्छ’ भन्ने मुख्य नाराका साथ प्रसारण भईरहेको एक्सन स्पोर्टस च्यानलले आफ्नो स्थापनाकालदेखि नै नेपालमा आयोजना हुने हरेक खेलहरु लाई नेपाली दर्शक माझ र्पुयाउँदै आएको छ।