काठमाडौं– मंसिर महिना भन्ना साथ दुई वटा कुराहरुको सम्झना आउन थाल्छ। एउटा जाडो र अर्को विवाह। मंसिर महिनाबाटै जाडो पनि प्रारम्भ हुने भएकाले विवाह र जाडो मौसमबीच बडो रमाइलो सम्बन्ध हुने गर्दछ। मंसिर महिनामा धेरैको लगनगाँठो पनि बाँधिन्छ। विवाहको मौसममा रमाउन पाउँदा जो कोहिलाई पनि खुशी त लाग्छ।
तर, यो जाडोको मौसममा दुलहीलाई सुन्दर बनाउनका लागि गरिने मेकअप अति नै चुनौतीपूर्ण हुन्छ। दुलहीले गर्मी मौसममा रंगहरुसँग एक्सपेरिमेन्ट गर्न सक्छिन्। त्यो जाडोमा मेकअपका रंगहरुसँग खेल्न अति नै कठिन हुन्छ। आफ्नो विन्टर वेडिङलाई अविस्मरणीय बनाउनका लागि यहाँ त्यस्ता केही जानकारीहरु प्रस्तुत गरिएको छ।
जसलाई अपनाएर तपाईं परफेक्ट ब्राइडल (उत्कृष्ट दुलही) देखिन सक्नुहुनेछ। जाडो मौसममा सुन्दरतालाई यथावत राख्नु चुनौतीपूर्ण हुनसक्छ। र विन्टर ब्राइडहरुका लागि यो कुरा अत्यन्त चुनौतीको विषय हुन्छ। कुन रंग सिजनको हिसाबले मेल खान्छ र कस्तो प्रकारको लुकस्लाई अपनाउने ? यस्ता प्रश्नहरु हरेक दुलहीको मनमा उत्पन्न हुन्छ।
आँखामा केन्द्रितः
जाडो मौसममा डिफाइन्ड आई मेकअपको चलन अत्यधिक छ। यसमा आँखाले नै मुख्य आकर्षणको काम गर्छ। कुनै पनि दुलहीलाई सुन्दर देखाउनका लागि यस प्रकारको मेकअप गरिन्छ। जाडोमा तपाईं आफ्नो स्किन शो गर्न सक्नुहुन्न। त्यसैले आफ्नो भावी श्रीमान लाई आफूतिर आकषिर्त गर्नको लागि आँखालाई कामुक देखिने गरी मेकअप गर्नु सबै भन्दा राम्रो तरिका हो।
सेक्सी आई मेकअप गरेर तपाईं आफ्नो पार्टनरको ध्यान आफूतिर आकषिर्त गर्न सक्नुहुन्छ। ड्रामेटिक आई मेकअपले तपाईंलाई सेक्सी देखाउन सहयोग र्पुयाउँछ।
डार्क सेडः
जाडो मौसममा गाढा सेड अति नै आकषिर्त देखिन्छ। यदि तपाईं पनि विवाह गर्दै हुनुहुन्छ भने कलेजी अथवा गाढा निलो रंग जस्ता सेडहरुको छनौट गर्नुपर्छ। यही रंगको लेहेंगामा मेल खाने लिपस्टिकसँग कम्बाइन गर्दा तपाईंको सुन्दरतामा सुनमा सुगन्ध भरिन्छ। त्यस्तै आईमेकअपमा गोल्डेन अथवा कपर कलरको आइस्याडो कुनै पनि लेहेंगासंग सजिलै मेल खान्छ। जसले तपाईलाई अरु भन्दा भिन्दै देखाउन सहयोग गर्छ।
हेयर स्टाइलः
राम्रोसँग सेट गरिएको हेयर स्टाइलले तपाईंको व्यक्तित्वलाई सबैको सामु बढाइदिन्छ। हेयर स्टाइलिङ गरेपछि तपाईंको कपाल रुखो देखिएको छ कि भन्ने कुरा सुनिश्चित गर्नु पर्छ। हेयर सिरमको सहायताले हेयर स्टाइललाई ग्लसी बनाउनुपर्छ। यसरी तपाईं पूर्णरुपमा सुन्दर र आकर्षक देखिन सक्नुहुन्छ।
फेयरी टेल लुकः
दागरहित छाला सबैलाई मनपर्छ। आफ्नो लुकलाई परिहरुको जस्तो बनाउने कोसिस गर्नेक्रममा अनुहारको छालाको सेतोपना अथवा गोरोपनालाई ध्यान दिनुपर्छ। यसले तपाईंको मेकअप लुक निकै नै प्राकृतिक देखिन्छ र विन्टर ब्राइडको हिसाबले तपाईं अति नै राम्री देखिनु हुनेछ।
स्नो हृवाइट जस्तो लुक पाउन चाहनुहुन्छ भने तपाईंले आफ्नो आँखालाई डिफाइन गर्दै केवल ओठहरुलाई मात्र हाइलाइट गर्नुपर्छ। ध्यान राख्नु पर्ने कुरा के छ भने ओठहरुलाई हाइलाइट गर्नका लागि कुनै डार्क सेट जस्तो कि चेरी रेड कलर नै प्रयोग गर्नुपर्छ। विवाहको दिन सबैभन्दा थकानले भरिएको दिन हुन्छ। त्यसैले आफ्नो अनुहारको ग्लोलाई कायम राख्नका लागि इल्युमिनाइजरको प्रयोग गर्नुपर्छ।