तस्वीरः अनलाइन खबरबाट
एजेन्सी–नायिका इलियाना डीक्रुज सामाजिक संजालमा आफ्नो फोटो राख्न सबैभन्दा अगाडि छिन्। तर, पहिले–पहिले उनलाई आफ्नो हट तस्वीर सार्वजनिक गर्न समस्या लाग्थ्यो। इलियाना भन्छिन्,‘मलाई मेरो शरीरलाई यो तरिकाले स्विकार गर्न पहिले खुबै समस्या थियो।
तर, म दावाका साथ भन्न सक्छु कि अब म मेरो शरीरलाई झनै बढी माया गर्न थालेकी छु त्यतिनै सम्मान पनि गर्छु।’ इलियानाले आजको दिनमा आफ्नो शरीरको ध्यान निकै नै गर्न थालेको र यसले आफूलाई खुशी बनाएको पनि उल्लेख गरेकी छिन्। इलियानाले आफ्ना फ्यानसँग आफ्नो फिटनेशको मन्त्र समेत शेयर गरेकी छिन्।
उनी भन्छिन्,‘म कुनै समय महिनौ दिनसम्म पागल शैलीमा शरीरका लागि व्यायम गर्थेँ। त्यतिबेला मलाई त्यो कुराले के असर हुन्छ थाहा नै थिएन। तर, पछि मैले महशुश गरेँ कि, शरीर बनाउनका लागि ९० प्रतिशत त खानेकुरामा नै ध्यान दिन आवश्यक छ।’ इलियानाले आफ्ना फ्यानलाई खानेकुरामा विशेष ध्यान दिन आग्रह गरेकी छिन्।
सामाजिक संजालमा हट तस्वीर शेयर गरेको बिषयमा इलियाना भन्छिन्,‘हरेक समय फिट देखिनु आफैमा सजिलो कुरा होइन। हरेक मानिसमा तपाइको लुक्सको बिषयमा एउटा न एउटा अनुमान हुन्छ। कोही मानिस स्क्रिनमा देखिन्छ भने उसले आफूलाई ग्ल्यामर तरिकाले प्रस्तुत गर्न आवश्यक छ।’ इलियानाले आफू सधै फिट देखिन संभव नभएको समेत उल्लेख गरेकी छिन्।