एजेन्सी– एप्पलले सन् २०२० मा ल्याउने आफ्नो नयाँ आइफोनको बिक्रि र आपूर्तिको बारेमा आफ्ना आपूर्तिकर्ता पार्टनरहरुलाई अनुमानित तथ्यांक पठाएको छ।
हालै आएको डिजिटाइम्सको रिपोर्टअनुसार कम्पनीले आगामी आइफोन सिरिज १० करोड यूनिट भन्दा बढि शिपमेन्ट गर्नेछ। यसो हुनुमा कम्पनीको ५जी नेटवर्क सहितको आइफोन मुख्य कारण हुनेछ।
हाल आइफोन ११ सिरिजको बिक्री एप्पलले ८ करोड हुने अनुमान गरेको छ। त्यसैले पनि कम्पनीले नयाँ आइफोनमा ५जी सपोर्टसहित ल्याउने हुँदा त्यसको बिक्री थप बढ्ने अनुमान गरेको विश्लेषकहरुले बताएका छन्।
आइफोन १२ यसअघि कम्पनीले सार्वजनिक गरेको आइफोन ४र५ को डिजाइनजस्तै हुने रिपोर्टहरु आईरहेका छन्। कम्पनीले आगामी वर्ष आइफो १२, १२ प्रो, १२ प्रो म्याक्स र अर्को निक अर्को निकै समयदेखि चर्चामा रहेको आइफोन एसई २ गरि ४ नयाँ आइफोन लन्च गर्ने अपेक्षा गरिएको छ।
आइफोनको एसई २ मोडल भने यसअघिको आइफोन ८ को डिजाइनमा आउने अनुमान गरिएको छ जसमा ए१३ बायोनिक चीपसेटका साथै ३जीबी र्याम हुनेछ।
नयाँ आइफोनको प्रो मोडलमा भने उच्चस्तरको १२० हर्ज प्रोमोसन ओएलईडी डिस्प्लेका साथै सानो नोच राखिनेछ र ६जीबी र्याम हुने बताईएको छ। सो फोनमा थ्रीडी टिओएफ क्यामरा हुनेछ भने एप्पलको आफ्नै ए१४ बायोनिक चीपसेट राखिने कम्पनीले जनाएकाे छ।